मनोहरा खोलाको बहाव बढे संगै सतर्कता अपनाउन तीन नगर प्रमुखको अपिल

मनोहरा खोलाको बहाव बढे संगै सतर्कता अपनाउन तीन नगर प्रमुखको अपिल

कपन अनलाइन

काठमाडौँ, असार १५ । पछिल्लो केही दिनयता भइरहेको निरन्तरको वर्षाका कारण मनोहरा खोलाको बहाव बढेको छ ।खोलामा पानीको बहाव बढेसँगै धार परिवर्तन गरी दुवै तर्फ जमिन समेत कटाइरहेको छ । स्थानीय तहहरूले मानवीय क्षति हुनबाट सचेत रहन सबैलाई आग्रह गरेको छ ।खोलको बहावले कागेश्वरी मनोहरा नगरपालिका, चाँगुनाराण नगरपालिका र मध्यपुरथिमी नगरपालिकाको भूभाग  हुदै दुवै तर्फको जमिन कटान भई घर बस्ति लगायतको अन्य संरचनामा समेत क्षति पुर्याउदै आएको हुँदा सो बाट मानवीय क्षति समेत हुने भएको हुँदा सचेतना अपनाउन कागेश्वरी मनोहरा नगरपालिका उपेन्द्र कार्की,  चाँगुनाराण नगरपालिका प्रमुख जीवन खत्री  र मध्यपुरथिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सार्वजनिक रुपमा अपिल गरेका छन ।

हाल अल्पकालीन रुपमा खोलाको कटानलाइ नियन्त्रण गरि धनजनको क्षति हुन् नदिन खोलाको बहाबलाइ सामान्य अवस्थामा ल्याउन दुवै तर्फका ३ वटै नगरपालिकाका जनप्रतिनिधिहरु प्राबिधिक स्थानीय प्रशासन लगायत सरोकारवालाबाट स्थलगत निरीक्षण गरि जोखिम देखिएको र हुनसक्ने क्षेत्रमा स्थानीय जन प्रतिनिधिहरुको उपस्थितिमा धनजनको क्षति हुन बाट रोक्न अत्यावश्यक सुधार गर्नु पर्ने भएकोले उक्त कार्यमा सहयोग गर्न सबै नगरबासीमा अपिल गरेका छन। मनोहरा खोलाको तटबन्धन सहितको दिगो व्यवस्थापनका लागि तत्काल संयुक्त रुपमा आवश्यक पहल गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन ।

तपाइँको प्रतिक्रिया ।