कागेश्वरी २ ले आर्थिक वर्ष २०७९/०८० का लागि योजना छनौट कार्यको लागि स्थानीय संग गर्यो छलफल

कागेश्वरी २ ले आर्थिक वर्ष २०७९/०८० का लागि योजना छनौट कार्यको लागि स्थानीय संग गर्यो छलफल

कपन  अनलाइन

काठमाडौँ, असार ३ ।  कागेश्वरी मनोहरा नगरपालिका वडा नं २   ले आर्थिक वर्ष २०७९/०८० का लागि योजना छनौट कार्यको लागि स्थानीय संग  छलफल गरि योजना संकलन कार्य गरेको छ ।  असार २ गते बिहान  कागेश्वरी मनोहरा  नगरपालिका वडा नं २  को  सुर्यमण्डलीमा वडा अध्यक्ष   सुरज खड्काको संयोजकत्वमा भएको  उक्त छलफलमा  स्थानीयले विभिन्न विकास कार्यको चासो लिनुका साथै आवश्यक विकासका योजना  माग गर्दै विभिन्न सुझाव दिएका थिए । वडा अध्यक्ष खड्काले वडाबाट माग भएका योजना र कार्यक्रम अध्ययन  गरि स्थानीयले उठाएका  योजना र समस्यालाइ सक्दो सम्बोधन गर्ने बताए।

वडाको चौतर्फी विकासका लागि सबैको राय–सुझाव र नमुना योजना माग गरिएको बताउदै अध्यक्ष खड्काले  वडालाई समृद्द बनाउनको लागि सबैको सहयोग आवश्यक रहेको भन्दै रचनात्मक सुझाब दिएर सहयोग गर्न पनि उनले वडा बासीलाइ अनुरोध गरेका थिए । वडाले कार्यतालिका छुट्टयाएर  टोल टोलमा  बजेटको प्राथमिकता संगै योजना संकलन गरिरहेको  छ  ।

तपाइँको प्रतिक्रिया ।