गोकर्णेश्वर नगर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जयराम महत

गोकर्णेश्वर नगर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जयराम महत

कपन अनलाइन 

काठमाडौं, जेठ २५  । गोकर्णेश्वर नगरपालिका वडा नं ४  गोकर्णमा संचालित गोकर्णेश्वर नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ । मंगलबार नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यतामा बसेको बैठकले नयाँ समिति गठन गरेको हो ।

 

नव गठित समितिमा संरक्षकमा नगर प्रमुख  दीपक रिसाल रहेका छन भने  समितिका अध्यक्षमा गोकर्णेश्वर नगरपालिका वडा नं   ४ का वडा अध्यक्ष जयराम महत रहेका छन् । यसैगरी समितिको उपाध्यक्ष सुनिता परियार र सदस्यहरुमा नवराज श्रेष्ठ, शिवहरी श्रेष्ठ, सिन्धु पोखे्रल भण्डारी, नवराज सेन, दिवाकर मिश्र, टिका राम खड्का रहेका छन् भनें सदस्य सचिव गोकर्णेश्वर नगर अस्पतालका प्रमुख डा. साङ्गबो लामा रहेका छन् ।समितिका अध्यक्ष जयराम महतले  समितिलाई अन्य बैठकबाट विस्तार गरी केही सदस्य थप गरिने  बताएका छन  ।

फोटो :जि के

तपाइँको प्रतिक्रिया ।