काठमाडौँ महानगरको कार्यपालिका सदस्यमा ८ जना निर्वाचित, को को बने सदस्य ?

काठमाडौँ महानगरको कार्यपालिका सदस्यमा ८ जना निर्वाचित, को को बने सदस्य ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २४।

काठमाडौँ महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन  । आज राष्ट्रिय सभा गृहमा सम्पन्न निर्वाचनबाट नगरकार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजबादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन।

उनिहरुले क्रमशः ९९, ९९, ९७, ९७ र ९९ मत प्राप्त गरेका छन। नेकपा एमालेकातर्फबाट उम्मेदवार बनेका शर्मिला परियारले ६१, शारदा सुवेदीले ६१, शोभा कार्कीले ६१, हीरादेवी पोखरेलले ६० र हेराशोभा डंगोलको ५९ मत प्राप्त गरेका छन।

यसैगरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली कांग्रेका उम्मेदवार बिनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित भएका छन  । उनिहरुले क्रमशः ९८, ९७ र ९५ मत प्राप्त गरेका छन भने  प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार केशव भुजेलले ६१, चन्द्रकला सुन्दासले ६१ र प्रेम पोडे पुजारीले ६२ मत प्राप्त गरेका छन।

काठमाण्डौ महानगरपालिकामा  प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको छ  ।

निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य संख्या ४२ भएको छ । यसमा प्रमुख र उपप्रमुख गरी २ जना, ३२ जना वडाध्यक्ष र ८ जना निर्वाचित कार्यपालिका सदस्य रहेका छन  । फोटो सौजन्य : काठमाण्डौ अनलाइन

तपाइँको प्रतिक्रिया ।