तारेभिरमा सिंढी निर्माण कार्यको निवर्तमान नगर प्रमुख सन्तोष चालिसे सहितको टोली द्वारा निरीक्षण
कपन अनलाइन
काठमाडौँ, जेठ २४ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ अन्तर्गत शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको सडक देखि तारेभिर टुप्पा सम्म जाने निर्माणाधीन सिंढीको निवर्तमान नगर प्रमुख सन्तोष चालिसे लगायतले स्थलगत निरीक्षण गरेका छन। शुक्रबार निवर्तमान नगर प्रमुख सन्तोष चालिसे गोकर्णेश्वर नगरपालिका वडा नं ३ का निवर्तमान वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी वडा अध्यक्षका उम्मेदवार किरण बहादुर बिष्ट लगायतले उक्त निर्माण कार्यको निरिक्षण गरेका हुन।
आन्तरिक पर्यटक प्रवर्धनका लागि सो क्षेत्रमा बातावरणमा असर नपर्ने गरि निर्माण कार्य भइ रहेको छ। निर्माण सम्पन्न भए संगै आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुग्ने बिश्वासका साथ सो क्षेत्रमा सिंढी लगायतको पूर्वाधार निर्माण भई रहेको छ ।
तपाइँको प्रतिक्रिया ।