नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं- २ को नव निर्वाचित जनप्रतिनिधिलाइ सम्मान तथा प्रशिक्षण
कपन अनलाइन
काठमाडौँ, जेठ २४ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं- २ ले स्थानीय तह निर्वाचन २०७४ मा कांग्रेसको तर्फबाट निर्वाचित निवर्तमान जनप्रतिनिधीहरूलाई सम्मान एवं नव निर्वाचित जन प्रतिनिधीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत, सहमहामन्त्री बद्री पाण्ड , केन्द्रीय सदस्य प्रतिमा गौतमम लगायतका नेताहरूको उपस्थितीमा नर्लिंग रिसोर्टमा जेठ २२ र २३ गते सम्पन्न उक्त कार्यक्रममा स्थानीय तह निर्वाचन २०७४ मा कांग्रेसको तर्फबाट निर्वाचित निवर्तमान जनप्रतिनिधीहरूलाई सम्मान गरिनुको साथै नव निर्वाचित जन प्रतिनिधीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो ।
काठमाडौं निर्वाचन क्षेत्र नं २ मा पर्ने कागेश्वरी मनोहरा नगरपालिकामा उपेन्द्र कार्की मेयर निर्वाचित भएका छन भने धेरै वडामा पनि कांग्रेसले जित हासिल गरेको छ । त्यस्तै, सोहि क्षेत्रमा पर्ने शंखरापुर नगरपालिका पनि केही वडामा कांग्रेसले जितेको छ । सम्मान र बधाई शुभकामना कार्यक्रम लगत्तै प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको क्षेत्रीय सभापति कविर शर्माले जानकारी दिएका छन्