जनप्रतिनिधि आचार संहिता बनाउने एमाले बुढानिलकण्ठ -१० को घोषणा,वडामा रोबोटले सेवा दिने

जनप्रतिनिधि आचार संहिता बनाउने एमाले बुढानिलकण्ठ -१० को घोषणा,वडामा रोबोटले सेवा दिने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेकपा एमालेका तर्फ बाट वडा अध्यक्ष पदको उम्मेदवार नवराज भट्टराईले अवको कार्यकालमा वडावासीले विजयी बनाएमा जनप्रतिनिधि आचार संहिता बनाउदै  जनता ससंग  सम्झौता गरेर काम  गर्ने बताएका छन।

आफ्नो प्रतिवदत्ता पत्रमा आस्वासन ,सपना र कल्पना भन्दा पनि ठोस र बस्तुगत स्थितिका आधारमा कार्ययोजना जनता समक्ष पेस गर्दै घर दैलो अभियानमा लागेका भट्टराईको टिमले तयार पारेको कार्ययोजना र प्रतिवदत्ता पत्रमा  जनता र जनप्रतिनिधिहरुको आचार संहिता बनाउने उल्लेख गरिएको छ।

काप्न साहित्य समाजलाई सृजना सदन बनाउने घोषणा गरेको नेकपा एमाले बुढानिलकण्ठ -१० ले युवाहरुको सबलीकरणका लागि  “कुशाग्र युवा”  कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ।

वडाका जेष्ठ नागरिकहरुको सम्मानका लागि जेष्ठ नागरिक सदन बनाउने , बुद्दिजीवीहरु समेटेर नलेज बैंक बनाउने ,सार्वजनिक यातायात र दुई पांग्रे सवारी बुधुतीय भएमा राहत दिने जस्ता लोकप्रिय कार्यक्रम अगाडी सारेको नवराज भट्टराईको टिमले सबै क्षेत्रलाई समेटेर डाइरेक्टरी निकाल्ने पनि घोषणा गरेको छ।

सम्पूर्ण सेवाहरुलाई बिधुतिय बनाउन “डिजिटल टेन ”  एप्स सुरु गर्ने जानकारी दिदै वडा नं १० का अध्यक्ष उम्मेदवार भट्टराईले बुढानिलकण्ठ -१० को कार्यालयमा रोबोटले विभिन्न सेवा दिने व्यवस्था मिलाउने बताएका छन।

वडामा आउने सेवाग्राहीहरुलाई सुचना र सेवा दिन रोबोट राख्ने बताउदै भट्टराईले विद्वान वर्ग र युवाहरुका लागि बुक कर्नरको स्थापना गर्ने योजना रहेको सुनाएका छन।

 

तपाइँको प्रतिक्रिया ।