जनसेवा र समग्र नगरको बिकासका लागि मेरो उम्मेदवारी : पेमा छिरी शेर्पा ( उप प्रमुख उम्मेदवार )
कपन अनलाइन
काठमाडौं,बैशाख २७ । गोकर्णेश्वर नगरपालिकामा गठबन्धनको तर्फ उप मेयरमा उम्मेदवारी दिएका नेकपा माओबादी केन्द्रका पेमाछिरी शेर्पाले जनताको सेवा र नगरको समग्र बिकासका लागि स्थानीय समस्या र अबस्थाको सहि पहिचान गरि समय सापेक्ष योजना तर्जमा गर्न को लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन । पत्रकार सम्मेलनमा समाजसेवी शेर्पाले आफूले नगर उप प्रमुखमा निर्वाचित भएको खण्डमा नगरपालिकाबाट पाउँने कुनै पनि सेवा सुबिधा नलिइकन नगरको विकासका लागि अहोरात्र खटिने समेत घोषणा गरेका छन ।
विकास, समृद्धि र सामाजिक विकासमा निरन्तर खटिरहने शेर्पाले नगर प्रमुख भएर जिम्मेवारी सम्हाल्न पाएँ सक्षम, सबल, समृद्ध र विकसित गोकर्णेश्वर नगर बनाउन आफ्नो पहल रहने समेत बताएका छन । शिक्षासेवी समेत शेर्पाले नगरलाई शैक्षिक हबमा परिणत गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न आफ्नो भूमिका रहने बताएका छन ।पद प्राप्त गर्नुमात्र आफ्नो लक्ष्य नभएको भन्दै शेर्पाले भने, “मेरो उम्मेदवारी पद र पैसाका लागि हैन, मेरो आफ्नै व्यापारमा म सबल छु, सरकारी पैसाको लोभ मलाई छैन, मेरो त एउटै उदेश्य र लक्ष्य छ, सक्षम, सवल, समृद्ध विकसित गोकर्णेश्वर नगर निर्माण गर्ने ,नगरको बिकास गर्ने मेरो परिकल्पना साकार पार्ने ।”
उनले नगरका ऐतिहासिक धरोहरहरुको संरक्षण, धर्म, संस्कार, संस्कृति, यहाँ रहेका मठमन्दिर, जात्रा, परम्पराहरु संरक्षण गरि पर्यटनको बिकास गर्ने, स्थानीय बासिन्दाको आयस्तर उकास्ने, युवा पुस्तालाई आम्दानीको श्रोतको पहिचान गर्दै उद्योग, व्यवसाय, कृषि र पर्यटनमा लगाउने, घरदैलोमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने, भौतिक सम्मुन्नतिसँगै आर्थिक, सांस्कृतिक, धार्मिक परम्पराको सुरक्षा जस्ता धेरै योजनाहरु आफूसँग रहेको हुँदा त्यो योजना पुरा गर्न पनि उनले आफुलाई बिजयी गराउन अनुरोध गरेका थिए। व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए । उनले आज सम्म जनप्रतिनिधिले स्वेत पत्र ननिकालेको भन्दै आफु निर्वाचित भएमा गरेको कामको बारेमा स्वेत पत्र समेत निकाल्ने उनले बताए ।
लामो समय देखि राजनीति संगै समाजसेवामा सक्रिय रहेका शेर्पाले गरेका कुनै पनि सेवामा राजनीति मिसाउने नगरेको उनले बताए । गोकर्णेश्वर रपालिकामा गठबन्धन बाट मेयर पदमा नेकपा एकीकृत समाजबादी बाट गोपाल बराल र उप मेयरमा नेकपा माओबादी केन्द्र बाट पेमा छिरी शेर्पाले उम्मेदवारी दिएका छन । पत्रकार सम्मेलनमा उनले घरदैलो कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका थिए ।