जनताको सेवा गर्दा भोक निन्द्रा बिर्सने ‘एम्बुलेन्स जनप्रतिनिधि’ कृष्णमणी भट्टराई

जनताको सेवा गर्दा भोक निन्द्रा बिर्सने ‘एम्बुलेन्स जनप्रतिनिधि’ कृष्णमणी भट्टराई

कपन अनलाइन

काठमाण्डौ , बैशाख २५।
आगामी ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा काठमाण्डौं महानगरपालिका अन्तर्गत वडा नम्बर सातमा नेकपा एमालेका उम्मेदवार  कृष्णमणी भट्टराईको टिम लोकप्रिय देखिएको छ ।

आफ्नो पेशा व्यवसायलाई भन्दा जनताको सेवामा सामाजिक र राजनैतिक क्षेत्रलाई प्राथमिकतामा राखी अहोरात्र खटेका नेकपा एमालेका उम्मेदवारहरुलाई वडामा न्यानो स्वागत गरिएको छ।
गत निर्वाचनमा वडा सदस्यमा पपुलर मतका साथ निर्वाचित भएर जनताको सेवामा दिनरात झरी बादल नभनी समर्पित भएर लाग्ने मौका पाएका कारण उनलाई वडा वासीले निकै रुचाएका छन  ।

यतिसम्म कि, वडाबासीले हाम्रो टोलमा समस्या भयो, तपाई कहाँ हुनुहुन्छ ? भनेको १५ देखि २० मिनेटभित्र सम्बन्धित स्थानमा पुग्ने र समस्या समाधान गर्ने गरेका कारण भट्टराई ‘एम्बुलेन्स जनप्रतिनिधि’का रुपमा समेत परिचित छन् ।

उनले सधैं भन्ने गरेको एउटै वाक्य छ, त्यो हो– ‘जनताको सेवा गर्दा भोक निद्रा बिर्सन्छु ।’ उनले  यो शब्द उनले बोल्नका लागि मात्रै बोलेका हैनन्, व्यवहारमै उतार्दै आएका छन् ।
कामपा सातमा निर्वाचनको तयारी र विजय हुने आधारका विषयमा निर्वाचन परिचालन कमिटीका सह–संयोजक उत्तम अधिकारीसँग जिज्ञासा राख्दा अधिकारीले भने– यस वडामा निर्वाचनको गतिविधि तीव्ररुपमा भैरहेको र यस वडाका मतदाताको अपार माया र सद्भाव प्राप्त भएकोले सूर्य ध्वजावहाक कृष्णमणी भट्टराईको टिम नै विजयी हुने कुरामा कुनै शंका छ्रैन ।

तपाइँको प्रतिक्रिया ।