गोकर्णेश्वरमा नेकपा एमाले द्वारा आयोजित बृहत जन र्‍यालीमा उम्मेदवारहरुलाई मतदाताको सौहार्द स्वागत

गोकर्णेश्वरमा नेकपा एमाले द्वारा आयोजित बृहत जन र्‍यालीमा उम्मेदवारहरुलाई मतदाताको सौहार्द स्वागत

कपन अनलाइन

काठमाडौँ, बैशाख  २४  । स्थानीय तह निर्वाचन मिति नजिकिएसँगै चुनावी गतिविधिले पनि तिव्रता पाएको छ । विभिन्न राजनीतिक दलहरु मतदाता भेटघाटमा व्यस्त छन। नेकपा एमाले गोकर्णेश्वर निर्वाचन परिचालन कमिटिले पनि आज सुशासन समृद्दी र समाजवादको आधार पालिका पालिकामा एमालेको सरकार भन्ने मूल नाराको साथमा बृहत जन र्‍याली सम्पन्न गरेको छ ।

नेकपा एमाले पोलिटब्युरो सदस्य एबम काठमाडौं निर्वाचन क्षेत्र नं ३ का सांसद माननीय कृष्ण राइ, नेकपा एमाले पोलिटब्युरो सदस्य एबम बागमती प्रदेश सभा सदस्य माननीय रामेश्वर फुयाल सहित बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा  गोकर्णेश्वर नगरपालिकाको मेयरका  उम्मेदवार उद्दब बिष्ट,उप मेयरका उम्मेदवार सान्नानी लामा सहित ९ वटै वडाका वडा अध्यक्षका उम्मेदवारहरु,वडा सदस्यका उम्मेदवार सहित पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा  बिहान  बौद्ध पिपल बोट बाट शुरु भएको उक्त जन र्‍याली सुन्दरीजल सम्म पुग्दा  सौहार्द स्वागत पाएका थिए  ।

 रुद्राक्षको माला, अबिर र खादासहित उमेद्वारलाई स्वागत गरेका मतदाताले विजयको शुभकामना समेत दिएका थिए ।बिहान  जोरपाटी , अत्तरखेल ,गोकर्ण, नयांपाटी सुन्दरीजल लगायतको क्षेत्रमा सूर्य ध्वजावाहक उमेद्वार पुगिरहँदा मतदाताको स्वागतले माहौललाई हौसाएको थियो । कार्यक्रममा कपन अनलाइन संग संक्षिप्त कुराकानी गर्दै नेकपा नेकपा एमाले पोलिटब्युरो सदस्य एबम काठमाडौं निर्वाचन क्षेत्र नं ३ का सांसद माननीय कृष्ण राइले नेकपा एमालेको विजय सुनिश्चित रहेको जनाउँदै अब मतान्तर बढाउने तर्फ ध्यान केन्द्रित रहेको बताए । उनले भने , “हामी जित्छौं, यस कुरामा कुनै द्धविधा छैन । कति मतान्तरले जित्छौं भन्ने मात्रै हो ।’ उनले गोकर्णेश्वरका  सबै सूर्य ध्वजावाहक उमेद्वारलाई विजयी गराउन समेत आग्रह गरेका छन  ।

 नगर प्रमुख र उप प्रमुखका उम्मेदवार उद्दब बिष्ट र सान्नानी लामाले मतदातालाई होस्टेमा हैसेका लागि आग्रह गर्दै जनताको सल्लाह अनुरुप नै अघि बढ्ने बताए।  उनीहरुले  नगरका समस्याबारे आफुहरु  जानकार रहेको  कतिपय काम भएको भएता पनि  अझै नगरको  मुहार फेर्ने काम बाँकी रहेको बताए  । विकासका प्रश्नमा शाशक नभई सेवकको रुपमा काम गर्ने जिकिर गर्दै  त्यसका लागि योजना सहित तयार रहेको भन्दै मतदातालाइ सबै सूर्य ध्वजावाहक उमेद्वारलाई विजयी गराउन समेत आग्रह गरेका छन  ।

 

तपाइँको प्रतिक्रिया ।