नेकपा माओवादी केन्द्रको इन्चार्जबाट रबिन अधिकारीको राजिनामा,के कुनै पार्टीमा जालान ?

नेकपा माओवादी केन्द्रको इन्चार्जबाट रबिन अधिकारीको राजिनामा,के कुनै पार्टीमा जालान ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२।

नकेपा माओवादी केन्द्र बागमती प्रदेस कमिटीका सदस्य रबिन अधिकारीले काठमाण्डौ क्षेत्र नं ४ (२ ) को इन्चार्ज बाट राजिनामा दिएका छन्। आज बैशाख २२ गते प्रदेस कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको राजिनामा पत्रमा उनले आफुलाई तोकेको जिम्मेवारी पुरा गर्न असमर्थ रहेको उल्लेख गरेका छन।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा ३७९० मत प्राप्त गरेका नेकपा माओवादी केन्द्रका उम्मेदवार अधिकारी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपाको बुढानिलकण्ठ नगर कमिटी अध्यक्ष समेत रहेका थिए।

बुढानिलकण्ठ नगरपालिकाको संयन्त्रमा दलीय प्रतिनिधि रहेर समेत क गरेका अधिकारीले नगर कमिटी अध्यक्ष छाडेर नेतृत्व हस्तान्तरण गरे संगै विभिन्न अनुमान र आंकलन गर्न थालिएको थियो।

निर्वाचनको मुखमा पार्टीले दिएको जिम्मेवारीबाट राजिनामा दिएका अधिकारीको आगामी कदम के हुन्छ ? भन्ने जिज्ञाशा र चासो अहिले नगरपालिकामा ब्याप्त बनेको छ।

बुढानिलकण्ठ नगरपालिकाको विकास र समृद्धिका लागि सधै रचनात्मक र सकारात्मक पहल गर्ने अधिकारीले नेकपा काल र पछी पनि निरन्तर नगरवासीको हितमा आवाज उठाउदै आएका छन।

सबै पार्टीका नेता तथा कार्यकर्ता संग व्यापक र निकट सम्बन्ध राख्न सफल अधिकारीले अवका दिनमा राजनतिक आन्दोलनलाई नै निरन्तरता दिन कुनै पार्टी रोज्लान ? वा सामाजिक गतिविधिमा सक्रिय रहेर नगरपालिकाका विकृति विसंगति प्रति खबरदारी गर्लान त्यो भने आउने समयले देखाउने छ।

 

 

तपाइँको प्रतिक्रिया ।