बुढानिलकण्ठ प्रमुखमा बिनोद चालिसेलाई जिताउन महामन्त्री गगन थापा मैदानमा

बुढानिलकण्ठ प्रमुखमा बिनोद चालिसेलाई  जिताउन महामन्त्री  गगन थापा मैदानमा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२।

बैशाख ३० गते हुने स्थान्कय तहको निर्वाचनमा नेपाली कांग्रेसक अटर्फ बाट बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका बिनोद चालिसे र उपप्रमुख पदमा उम्मेद्वार बनेकी रमिला वाग्लेको प्रचारमा कांग्रेसका महामन्त्री गगन थापा आफै उत्रिएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा भएको घरदैलो कार्यक्रममा सहभागी बन्दै मत मागेका थापाले आजै वडा नं १३ मा पनि उम्मेदवारहरुलाई मत मागेका थिए।

२०७४ सालको स्थानिय निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाका ८ वडामा नेकपा एमालेले जित हासिल गर संगै ५ वर्ष सम्म कुनै पनि वडामा छिर्न समेत नपाएका महामन्त्री थापालाई यो निर्वाचन गर या मरको अवस्थामा रहेको विश्लेषण गरिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ मा रहेका बुढानिलकण्ठ नगरपालिकाका ८ वटै वडामा नेकपा एमालको सेटले नै विजयी प्राप्त गरेको अवस्थामा आफ्ना कुनै पनि योजना र कार्यक्रम लागु गर्न नसकेको सार्वजनिक रुपमै बताउदै आएका महामन्त्री थापाले यस पटक प्रत्येक निर्वाचन गतिविधिलाई आफैले सुक्ष्म निगरानी गरिरहेको नेपाली कांग्रेस बुढानिलकण्ठका एक पदाधीकारीले बताएका छन।

सांसदका रुपमा चौथो पटक र प्रत्यक्ष निर्वाचित सांसदका रुपमा तेश्रो पटक निर्वाचन मैदानमा होमिने तयारीमा रहेका थापा अहिले स्थानीय तहका उम्मेदवारहरु संगै आफ्नो क्षेत्रको घर दैलोमा रहेको बताउदै ति नेताले यस पटक बुढानिलकण्ठ नगरपालिकाको नतिजा फरक हुने दावी समेत गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।