आशिर्वाद लिन घर घर पुग्दै नेपाली कांग्रेस गोकर्णेश्वर ४ का उम्मेदवारहरु
कपन अनलाइन
काठमाडौँ, बैशाख २२ । स्थानिय निर्वाचन नजिकीदै गर्दा यति बेला सबै दलहरु घर दैलोमा ब्यस्त छन् ।यही बैशाख ११ र १२ गते मनोनय दर्ता सगै स्थानिय तहको निर्वाचनले सबै पार्टीलाई यति खेर जनताको घर आँगनामा पुगेर भोट माग्ने र आर्शिवाद लिने काम शुरु भएको छ । यस्तै अभियानमा जुटेका छन ।
यही बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा नेपाली काग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवारी दिएका ज्ञान कुमार श्रेष्ठ सहित वडा सदस्यका उम्मेदवारहरुले घर घर गई आर्शिवार्द सगै भोट माग्न शुरु गरेका छन् ।लामो समय देखि राजनिति संगै समाजसेवामा होमिएका श्रेष्ठले समग्र वडाको विकासका लागि नेतृत्व लिएर अगाडि बढ्ने सोचमा वडा अध्यक्षका लागि आफु उठेको बताएका छन । उनि भन्छन वडा नं ४ लाइ ब्यवस्तित सुरक्षित जीवन्त, प्रदुषण रहित हराभरा नागरिक मैत्री नमुना वडा बनाउन आफ्नो भूमिका रहने पनि उनले बताएका छन।
अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठसहित सो वडामा वडा सदस्यको उम्मेदवारको रुपमा राजेश श्रेष्ठ, कृष्ण श्रेष्ठ रेखा बस्नेत र सुनिता परियार चुनावी मैदानमा रहेका छन।उम्मेदवारहरुले वडा तथा नगर बिकासको योजना र प्रतिबद्धता साथ घर चुनावी घरदैलो शुरु गरेको बताएका छन । उम्मेदवार सहित घर दैलोमा जाँदा स्थानीयले नेपाली कांग्रेसका उम्मेदवारलाइ मत दिने प्रतिबद्धता ब्यक्त गरेको वडा अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए । त्यसैगरि शुक्रबार मेयर उप मेयर सहित गोकर्णेश्वर महादेव मन्दिर परिसर बाट नेपाली कांग्रेस गोकर्णेश्वर ४ को घरदैलो समेत रहेको जानकारी गराएका छन ।