नेकपा एमाले बुढानिलकण्ठ-१२ भन्छ, “जमकट्टेल एमाले हैनन् ,आफन्त जिताउन अनर्गल प्रचार गरियो”
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २२।
नेकपा एमाले बुढानिलकण्ठले नेकपा एमालेका संगठित सदस्य भन्दै प्रचार गरिएका प्रदिप जमकट्टेल कुनै पनि जिम्मेवारीमा नरहेको बताएको छ।
आज एक स्थानीय अनलाइन न्युज पोर्टलले जमकट्टेललाई नेकपा एमालेको संगठित सदस्य भन्दै नेपाली कांग्रेसमा प्रवेस गरेको भनेर प्रकासित समाचारमा कुनै सत्यता नरहेको भन्दै नेकपा एमाले बुढानिलकण्ठ -१२ ले एमालेको बढ्दो प्रभाव र शक्ति संग तर्सिएर अनर्गल प्रचार गरिएकोमा खेद व्यक्त गरेको छ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का नेकपा एमालेका अध्यक्ष उम्मेदवार शम्भु प्रसाद भट्टराई विरुद्ध निरन्तर नकारात्मक समाचार लेख्दै आएको सो अनलाइनका सम्पादकको पारिवारिक सम्बन्ध वडा नं १२ मा नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार संग रहेकोले अनर्गल प्रचारको सहारा लिएको नेकपा एमाले बुढानिलकण्ठ-१२ ले दावी गरेको छ।
निरन्तर आफ्ईना विरुद्ध विष बमन गर्दै नकारात्मक प्रचारमा उत्रिएको सो अनलाइनका सम्पादक र वडा नं १२ का कांग्रेस उम्मेदवार सुनीत चालिसे ज्वाई -जेठान भएकोले पत्रिका नै खनिएर लाग्ने क्रममा आज जमकट्टेल नेकपा एमालेको भनी गलत प्रचार गरिएको वडा अध्यक्ष पदका उम्मेदवार शम्भु प्रसाद भट्टराईले बताएका छन।
आफ्ना आफन्त जिताउन कपोकल्पित र अनर्गल प्रचारको सहारा लिदै समाचारमा शव्द खर्च गर्नु के अशल पत्रकारिताको धर्म हो ? भन्ने प्रश्न गर्दै भट्टराईले विगत ५ वर्षमा गरेका कामलाई वडा नं १२ वासीले पुन एक पटक अनुमोदन गर्ने विस्वास व्यक्त गरेका छन।