गोकर्णेश्वर -४ मा गठबन्धनका उम्मेदवारहरुको संयुक्त घरदैलो अभियान

गोकर्णेश्वर -४ मा गठबन्धनका उम्मेदवारहरुको संयुक्त घरदैलो अभियान

कपन अनलाइन

काठमाडौँ,बैशाख २२ । निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीतिक दल मतदाताको घरदैलो कार्यक्रम सुरु गरेका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा राजनीतिक दलले घरदैलो कार्यक्रम सुरु गरेका हुन्। निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीक दलले चुनाव केन्द्रित प्रचारप्रसार तीव्र बनाएका छन्। त्यहीक्रममा राजनीतिक दलले घरदैलो कार्यक्रम गरेका हुन्।   चुनाब चिन्ह पाए संगै  गोकर्णेश्वर नगरपालिका वडा नं ४मा  गठबन्धनका उम्मेदवारहरुले संयुक्त घरदैलो अभियान सञ्चालन गरेका छन ।गोकर्णेश्वर ४ मा नेकपा एकीकृत समाजबादी स्वतन्त्र उम्मेदवार र नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन गरेका छन  ।

गठबन्धनबाट मेयरमा नेकपा (एकीकृत समाजबादी)गोपाल बराल र उपमेयरमा माओवादी केन्द्रबाट पेमाछिरी शेर्पाछन त्यसैगरि गठबन्धन बाट वडा अध्यक्षमा स्वतन्त्र रुपमा चुनाब चिन्ह लौरो लिएर जयराम महत रहेका छन भने सदस्यहरुमा एकीकृत समाजबादी बाट बिजय कुमार श्रेष्ठ, माओवादी केन्द्र बाट पासाङ तामाङ, सबिना श्रेष्ठ र मन्दिरा थापा सुन्चुरी  रहेका छन्   । मेयर र उपमेयरसहित गठबन्धनबाट वडा सदस्यका उम्मेदवारहरु समेत संयुक्त घरदैलो अभियानमा होमिएका हुन।आज गोकर्णेश्वर नगरपालिका वडा नं ४ को देशे उत्तरबहिनी लगायतको क्षेत्रमा घरदैलोमा संयुक्त ब्यानर लिएर हिँडेका नेता/कार्यकर्ताले भोट पनि  कलम गोलाकार भित्रको हसिया हतौडा र लौरो चिह्नमा   मागेका थिए ।पार्टीको झण्डा, चुनावी एजेण्डा र प्रतिबद्धता पत्रसहित वडाका स्थानीय र पार्टीका नेता, कार्यकर्ताबीच सक्रिय भेटघाटमा ब्यस्त उप मेयरका उम्मेदवार पेमा छिरी शेर्पाले २७ गतेसम्म संयुक्त घरदैलो अभियान चल्ने बताए । बिहान र बेलुकी घरदैलो गर्ने दिउँसो सामुहिक भेटघाट गर्ने गरी चुनावी प्रचारलाई व्यवस्थित गरिएको उनले जानकारी दिए ।

 

 

तपाइँको प्रतिक्रिया ।