बुढानिलकण्ठ -१२ मा शशक्त बन्दै शम्भु प्रसाद भट्टराईको टिम,विपक्षीहरु अत्तालिए
कपन अनलाइन
काठमाडौँ,बैशाख १९।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा चुनावी माहोल निकै तातेको छ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडा नं १२ को अध्यक्ष पदको उम्मेदवार रहेका शम्भु प्रसाद भट्टराईको टिम अहिले घर दैलो अभियानमा निकै सक्रिय रहेका छन।
पहिलो कार्यकालको ५ वर्षमा भौतिक पूर्वाधार विकास र मानवीय विकासमा उल्लेखनीय काम गरेका भट्टराई अहिले खुल्ला वडा सदस्यका उम्मेदवारहरु डिल्ली प्रसाद खतिवडा र शान्ता ढकाल ( पुडासैनी ),महिला सदस्यका उम्मेदवार ईश्वरी भट्टराई र दलित महिला सदस्य उम्मेदवार मीना बयलकोटीलाई संगै लिएर घर दैलो अभियानमा रहेका छन।
आफ्नो अघिल्लो कार्यकालमा वडावासीको सेवामा बिहान ५ बजे देखि राति अवेर सम्म तल्लिन रहने भट्टराईको लोकप्रियता निकै बढे संगै अहिले उनको टिम निकै शशक्त बन्दै गएको छ।
तिन जना वडा बुझेका र वडावासी माझ भिजेका सदस्यका उम्मेदवार डिल्ली प्रसाद खतिवडा,शान्ता ढकाल ,मीना बयलकोटी र वडा नं १२ की जुझारु नेत्री ईश्वरी भट्टराईको टिम लिएर मैदानमा उत्रिएका भट्टराईले अहिले वडावासीको निकै न्यानो स्वागत पाइरहेका छन।
मजबुत संगठन र महसुस हुने गरी काम गरेर आफ्नो प्रतिवदत्ता पुरा गरेका भट्टराईको प्रभाव र लोकप्रियता बढे संगै निकै अत्तालिएका विपक्षी दलहरु र उम्मेदवारहरु संग प्रत्यक्ष अप्रत्यक्ष रुपमा कनेक्सन भएका कतिपय ब्यक्तिहरु अपुस्ट मुद्दा र फण्डाहरुको सहारा लिन बाध्य हुने अवस्था आएको भन्दै नेकपा एमाले वडा नं १२ का उपाध्यक्ष राजु पुडासैनीले आफ्नो पार्टीका उम्मेदवारहरुलाई जनताको दह्रो साथ रहेको बताएका छन।
पार्टी विभाजन पछी बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा नेकपा एमाले कमजोर भएको भनेर मच्चाइएको स्याल हुइया साबुनको फिँज जस्तै कमसल बनेपछी निकै उदास र हतास बनेका कतिपय व्यक्तिहरु हात धोएर भट्टराईको चरित्र हत्या गर्ने अभियानमा लाग्नु उनको वडावासी प्रतिको समर्पणको अपमान रहेको भन्दै पुडासैनीले विगत ५ वर्षमा गरेका काम सबै वडावासीले राम्रो संग बुझेको बताए।
वडावासीको माग सम्बोधन गर्नका लागि हरेक समय निरन्तर लागेका वडा अध्यक्ष भट्टराई कहिले प्रहरी हिरासतमा पुग्नु परेको हरेक वडावासीले बुझेको र जानेको भन्दै वडा कमिटीका सचिव विष्णु भट्टराईले उत्तर वुशु क्वान देखि दक्षिण तेन्जिंग चोक सम्म घुमेर हेर्दा नेकपा एमालेको नेतृत्वमा भएका कामहरु ऐना जस्तै छर्लंग रहेको बताएका छन।
आफ्नो जीवनमा निकै कठोर संघर्ष गरेर आफ्नो पहिचान बनाएका भट्टराईको कामको मुल्यांकन वडाका ४,९८० सय मतदाताले १२ दिनपछी गर्ने बताउदै सचिव भट्टराईले कुनियतका साथ गरिने कुनैपनि प्रचार फण्डाले नेकपा एमालेलाई अशर नगर्ने धारणा राखेका छन।