मिठाराम अधिकारीको प्रचारमा डा. राजन भट्टराई र धर्मदत्त देवकोटा

 कपन अनलाइन 

काठमाण्डौ ,बैशाख १७।

बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार मिठाराम अधिकारीको प्रचारमा नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई र केन्द्रीय नेता धर्मदत्त देवकोटा सक्रिय बनेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा भएको उम्मेदवार सहितको घर दैलो कार्यक्रममा सहभागी बन्दै भट्टराई र देवकोटाले चुनावी प्रचार अभियान शुरु गरेका हुन्।

बुढानिलकण्ठका १३ वटा वडा मध्ये एक मात्र महिला वडा अध्यक्ष उम्मेदवार सुमित्रा त्रिपाठी पाण्डेको नेतृत्वमा रहेको उम्मेदवारहरुको टोलीलाई साथ दिदै भट्टराई र देवकोटाले जनता माझ पुगेर मत मागेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।