नेकपा एमाले गोकर्णेश्वरको निर्वाचन परिचालन कमिटी घोषणा
कपन अनलाइन
काठमाडौं,बैशाख १६ । नेकपा एमालेले गोकर्णेश्वर नगर कमिटिले स्थानीय तह निर्वाचन परिचालन कमिटि गठन गरेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि गोकर्णेश्वर नगरपालिकामा डा. विदुर चालिसेको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
आज जोरपाटीको ड्रिमहाउसमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा एवम् काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद कृष्ण राईको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका ४७ जना उम्मेदवारहरुको परिचय समेत गराइएको थियो ।कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा एवम् काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद कृष्ण राईले उम्मेदवार तथा पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरुलाई जनताको मन र मत जित्ने गरि सबै नगरबासीको बिचमा पुग्न निर्देशन दिएका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नमिठो पराजय भोग्दै जम्मा २ वटा वडामा चित्त बुझाउन बाध्य भएको नेकपा एमाले गोकर्णेश्वोर यस पटक पुरानो नतिजा उल्ट्याउने तयारीमा रहेको छ । गोकर्णेश्वर नगरपालिकामा नेकपा एमालेले नगर प्रमुख र उप प्रमुखमा उद्धव बिष्ट र सान्नानी लामालाई चुनावी मैदानमा उतारेको छ ।