काठमाण्डौ महानगरपालिका वडा नं ६ मा नेकपा एमालेलाई झट्का ,तिन प्रभावशाली नेता कांग्रेसमा
कपन अनलाइन
काठमाण्डौ , बैशाख १६ ।
काठमाण्डौ महानगरपालिका वडा नं ६ बौद्ध सिमलटारमा नेकपा एमालेका तीन पुरानो नेताहरु पुष्कर चालिसे, मनबहादुर थापा र राम केशर राउत एमाले परित्याग गरि काँग्रेस प्रवेश गरेका छन् ।
नेकपा एमाले काठमाडौँ महानगर कमिटि सदस्य एवम् बौद्ध वडा नं. ६ का पार्टी इन्चार्ज समेत रहेका चालिसे ३० वर्षसम्म एमालेको राजनीति गरेपनि पार्टीभित्र व्यक्तिवाद, अहंकार र अवसरवादतर्फ उन्मुख भएको भन्दै पार्टी त्यागेर काँग्रेसमा प्रवेश गरेका गरेका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित पार्टीले आयोजना गरिएको एक कार्यक्रममा एमाले नेताहरुलाई काँग्रेस प्रवेश गराएका हुन् ।
तिन नेताहरुको काँग्रेस प्रवेशपछि काठमाडौँ महानगरपालिका वडा नं ६ मा नेकपा एमालेलाई निकै ठुलो झट्का लागेको चर्चा हुन् थालेको छ।सो पार्टी प्रवेश कार्यक्रममा विमल ठकुरी, परशुराम पोखरेल, सन्तोष चालिसे लगायत नेपाली काँग्रेसका नेताहरु सहभागी रहेका थिए ।
