मोबाईल एप चलाएको भरमै भुकम्प पीडितलाई सहयोग
बैशाख १२ गते गएको बिनास्करी भुकम्प पीडितलाई विश्वभरबाट राहत आइरहेको बेलामा नेपाली युवाहरुले नौलो प्रयास गरेका छन । जस्मा उनीहरु द्वारा निर्मित भुकम्प सम्बन्धी सम्पूर्ण जानकारी हेर्न मिल्ने “Earthquake Nepal” नामक एपको बिकास गरेका छन, जुन तपाईंहरुले प्रयोग गरेकै भरमा भुकम्प पीडितहरु लाई सहयोग पुग्ने छ ।
कसरी हुने छ त सहयोग?
एस एपमा राखिएका बिज्ञापनहरु बाट सन्कलन गरीएको रकम ती युवाहरुले भुकम्प पीडितलाई सहयोग गर्ने एस एप का एक developer हेम श्रेष्ठले जानकारी दिनुभयो ।
तपाईंहरु को सहयोग ?
तपाईंहरुले ईन्टरनेट भएको बेला एस एप को प्रयोग गरेरे तपाईंको तर्फबाट समेत यस सहयोग मा हात मिलाउन सक्नु हुनेछ ।
यदी तपाईं बिज्ञापन दाता हुनुहुन्छ भने, तपाईं ले बिज्ञापन दिएर नि सहयोग गर्न सक्नुहुनेछ । बिज्ञापन को लागि [email protected] ईमेल मार्फत संपर्कन गर्न सकिनेछ ।
यस बाट कती सम्मको राहात दिन सकिने छ?
बैशाख ३१ गते Google Playstore मा launch भएको “Earthquake Nepal” पहिलो हप्तामा नै १५,००० भन्दा बढी चोटी डाउनलोड भइ सकेको छ । यसबाट पहिलो हप्तामै १२,००० जम्मा भैसकेको छ । सो रकम जेठ ९ गते धादीड स्थीत माझी गाँउमा एक कार्यक्रम मार्फत राहात सामाग्रीहरु वितरण गरिएको छ । अब आगामी दिनमा जम्मा हुने रकमहरु पनी यसरीनै पिडितहरु सामुन्ने पुर्याउने वाचा डेपलपर अशोक बस्नेतले जनाए ।
जति धेरै यो एपको प्रयोग भयो त्यतिनै बढी रकम जम्मा हुने भएकोले तपाइहरुले पनि यस एपको प्रयोग गरि पिडितलाई सहयोग गर्ने सो प्रयासमा हात मिलाउन सक्नुहुने छ ।
एपको बिशेषता
- National Seismological Centre बाट प्राप्त भुकम्पको जानकारी
- चार (४) म्यागनेचुड भन्दा ठूला भूकम्पको जानकारी आफ्नो मोबाइलमानै Notification बाट प्राप्त गर्नुहोस् । यसको निम्ती तपाईको मोबाइलमा इन्टरनेट जडान गरिएको हुनु पर्नेछ ।
- Disaster Risk Reduction बाट प्राप्त हाल सम्म भएको क्षतीको विवरण र हाल सम्म प्रधानमन्त्री राहत कोषमा संकलन भएको रकमको जानकारी ।
- भूकम्प सम्बन्धी समाचारहरु
- फोटो संग्रह
- भूकम्प सम्बन्धी जानकारी मुलक भिडियोहरु
- Emergency सम्पर्क नम्बर र ठेगाना
- भूकम्पबाट बच्ने उपायहरु
कसरी download गर्ने?
यो Link मा गएर Download गर्नुहोस्
https://play.google.com/store/apps/details?id=com.np.earthquake