गोकर्णेश्वर -४ को सदस्यमा नेपाली कांग्रेसका रोसन बाबु श्रेष्ठको दावी

कपन अनलाइन

काठमाडौँ, बैशाख ८ । स्थानीय तहको निर्वाचनको माहोल निकै तातेको छ । दलहरु पार्टीका संगठन सुदृढ गर्न देखि लिएर आफ्ना कार्यकर्ता बीच भेटघाटमा व्यस्त देखिन्छन् । सबै दलले आफ्नो पार्टी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पहिलो हुने दाबी गरिरहेका छन् । गठबंधनका लागि पनि सहमति जुटाउन जुटेका छन् । यस्तैमा नेपाली कांग्रेस   गोकर्णेश्वरले   पनि पनि सो कार्यलाई निरन्तरता दिदै भेटघाट र छलफल तिब्र बनाएको छ । गठबन्धनको लागि नेताहरु सहमति जुटाउन लागि परेका छन ।

स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता गर्न केहि दिन मात्र  बाँकी छ । मनोनयन दर्ताको  समय नजिकीदै गर्दा राजनीतीक दलहरूले आफ्ना उम्मेदवार टुंग्याउन सकेका  छैनन  ।  स्थानीय तहको  वडा देखि पालिका सम्म नेतृत्वको दाबी गर्नेहरुको संख्या बढ्दै गएको छ । उम्मेदवारमा दाबेदारी प्रस्तुत गर्नेहरु धेरै भएपछि पार्टीहरुलाई उम्मेदवारको टुंगो लगाउन कठिन भएको देखिन्छ ।यसै बीच गोकर्णेश्वर नगरपालिका वडा नं ४  मा नेपाली कांग्रेस बाट वडा सदस्यमा समाजसेवी एबम इकाई सहसचिब रोशन बाबु श्रेष्ठले   बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदका लागि दाबी गरेका छन । विभिन्न पार्टीबाट सो  वडाको वडा सदस्य  पदका लागी दर्जन बढी आकाक्षी छन् ।

अझ रोचक त एउटै पार्टीबाट आधा दर्जन भन्दा बढी सो  वडाको वडा सदस्य पदका लागी आकाक्षी देखिएका छन । दर्जन भन्दा बढी आकांक्षीहरूको भिडमा अहिले गोकर्णेश्वर नगरपालिका वडा नं ४मा वडा सदस्यको पदमा रोशन बाबु श्रेष्ठको  नाम चर्चामा रहेको छ । राजनीति संगै  बिभिन्न व्यवसायिक तथा सामाजिक  क्षेत्रमा क्रियाशिल  रहेका श्रेष्ठ सहकारी अभियन्ता समेत हुन ।

राजनीतिलाइ सेवाको  रूपमा लिएर जनताका काममा निरन्तर लाग्ने, वडाको  विकास तथा समृद्दिका लागि सम्बन्धित निकायहरू सँगको  सहकार्यमा काम गर्ने योजना बनाएका  श्रेष्ठले इमान्दारिता, निष्पक्षता र जनमतका आधारमा  वडा सदस्य पदमा आफ्नो दावी रहेको बताएका छन  ।

वडाको चौतर्फी बिकासका लागि उम्मेदवारी दिन लागेको बताउने श्रेष्ठले सबैसँग सन्तुलित व्यवहार गर्दै आएका छन ।विपक्षीको मत समेत  तान्न सक्ने खुबी  आफुमा रहेको  दावी गर्ने श्रेष्ठले वडा सदस्यमा  जित्ने आफु संग दरिलो आधार रहेको बताउछन ।  सुगम, सुव्यवस्थित र सु–सम्पन्न ४ नम्बर वडाको भिजन र कार्ययोजना सहित  वडा सदस्य पदमा आफ्नो दावी रहेको बताउछन ।

तपाइँको प्रतिक्रिया ।