टोखा कांग्रेसमा लफडा ,नगर समिती विरुद्ध नगर प्रमुखका आकांक्षीहरु आक्रोशित

टोखा कांग्रेसमा लफडा ,नगर समिती विरुद्ध नगर प्रमुखका आकांक्षीहरु  आक्रोशित

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ६ ।

नेपाली कांग्रेसको टोखा नगर समितिले प्रमुखमा  तीन जनाको मात्रै नाम सिफारिस गरेपछि अन्य आकांक्षी आक्रोशित बनेका छन । नगर समितिले सोमवार मुरारी तामाङ, बसन्त श्रेष्ठ र सावित्री ढकालको नाम सिफारिस गरेपछी अन्य आकांक्षीहरु आक्रोसित बनेका हुन्।

मेयरका आकांक्षी कासी नारायण श्रेष्ठ, रजनी थापा, मनिष जोशी, जनकराज श्रेष्ठ लगाएतका आकांक्षीले जिल्ला र प्रदेश समिति समक्ष लिखित असहमति प्रकट गरेका छन ।

उनीहरुले नगर समितिले विधि विधान र मापदण्ड मिचेर आफ्नो सिफारिस नगरिएको भन्दै पुनरावेदन गरेका छन ।उनीहरुले सामूहिक रूपमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र प्रदेश सभापति इन्द्र बानियाँ समक्ष नगर समितिको निर्णय प्रति असहमति जनाएका छन ।

तपाइँको प्रतिक्रिया ।