बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा नेकपा एसका धुर्वराज न्यौपानेको चर्चा
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ६।
बैशाख ३० गत्ने हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट सम्भावित दावेदारहरुको वारेमा चर्चा परिचर्चा ब्यापक भएको छ।
बुढानिलकण्ठ नगरपालिकामा पनि पाँच दलीय गठबन्धनका लागि विभिन्न चरणमा भैरहेको छलफल र विभिन्न विकल्पहरुका वारेमा व्यापक बहस शुरु भएको छ।
पछिल्लो चरणमा भएको छलफलमा नेकपा एकीकृत समाजवादीले बुढानिलकण्ठ र कागेश्वरी मनोहरा सहित चार नगरपालिकामा प्रमुख दावी गरे पनि बुढानिलकण्ठमा उपप्रमुख पाउने सम्भावना बढे संगै सम्भावित उम्मेदवारका वारेमा पनि चर्चा शुरु भएको हो।
बुढानिलकण्ठ नगरपालिकामा नेकपा एसले उपप्रमुख पाउने सम्भावना बढे संगै सो पदमा नेकपा एसका काठमाण्डौ जिल्ला कमिटी उपसचिव तथा काठमाण्डौ क्षेत्र नं ४ का अध्यक्ष धुर्वराज न्यौपानेलाई सम्भावित उम्मेदवारका रुपमा हेन थालिएको छ।
अहिले नेकपा एस मात्र हैन गठबन्धनका दलहरुमा पनि न्यौपानेको सम्भावित उम्मेदवारीका वारेमा छलफल र बहस भैरहेको गठबन्धनका एक नेताले जानकारी दिएका छन।
साविक कपन गाविसमा तत्कालिन नेकपा एमालेका तर्फबाट तिन कार्यकाल प्रमुखका रुपमा नेतृत्व गरेका न्यौपाने जिल्ला खेलकुद विकास समिती काठमाण्डौका पुर्व अध्यक्ष समेत हुन्।
नेपाल कुराँस संघका केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने तत्कालिन नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को सचिवमा निर्वाचित भएका थिए।
पर्यटन र समाजसेवाको क्षेत्रमा सक्रिय रहेका न्यौपानेले सर्वदलीय संयन्त्रको प्रतिनिधिका रुपमा कपन क्षेत्रको विकास निर्माणमा योगदान दिएका थिए भने बुढानिलकण्ठका विभिन्न खेलकुद पूर्वाधार निर्माणमा पनि उनको भूमिका रहेको छ।