टोखा मालपोत कार्यालयका कर्मचारी २० हजार रूपैयाँ घुससहित पक्राउ

टोखा मालपोत कार्यालयका कर्मचारी २० हजार रूपैयाँ घुससहित पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४।

टोखा नगरपालिका-३ स्थित मालपोत कार्यालयका एक कर्मचारी २० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले आइतवार सेवाग्राहीसँग घुसबापत लिएको २० हजार रूपैयाँसहित मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई पक्राउ गरेको हो ।

बीस हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।