बुढानिलकण्ठ -११ मा नेकपा एमालेले उम्मेदवार सर्वसम्मत सिफारिस गर्यो , को को परे ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २७  ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु सर्वसम्मत सिफारिस गरेको छ।

वडा नं ११ को  अध्यक्षमा नेकपा एमालेका राजु अधिकारी  र दलित महिला सदस्यमा रत्ना नगर्ची सर्वसम्मत सिफारिस भएका छन भने सदस्यमा बिनोद कुमार तामाङ र डल्ले लामाको नाम सर्वसम्मत सिफारिस गरिएको छ।

वडा नं ११ को मा भएको संगठित सदस्य भेलाले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि महिला सदस्यको उम्मेदवारमा प्यारी कुमारी शर्मा ( कन्चन ) को नाम सिफारिस गरिएको छ।

तपाइँको प्रतिक्रिया ।