चम्पादेवी गाउँपालिका-९ को अध्यक्ष उम्मेदवारमा नेकपा एमालेका श्याम कुमार पौडेल सर्वसम्मत
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २५।
नेकपा एमाले चम्पादेवी गाउँ पालिका वडा नं ९ ले वडा अध्यक्ष उम्मेदवारमा श्याम कुमार पौडेललाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका लागि सिफारिस भएका युवा नेता पौडेल लामो समय देखि राजनीति र समाजसेवामा सक्रिय रहेका छन।
साविक बिलंदु गाउँ कमिटीको सचिव,अध्यक्ष हुदै नेकपा एमाले वडा नं ९ को अध्यक्ष बनेका पौडेल सो क्षेत्रमा रहेका विभिन्न सघ संस्था तथा अभियानहरुमा पनि सक्रिय रहदै आएका छन।
२०७४ सालको निर्वाचनमा गाउँपालिका भरि नेकपा एमालेले जितेको एक मात्र वडाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका पौडेलले वडा नं ९ मा भएका विकास निर्माणलाई पुरा गर्दै नमुना वडा बनाउने अभियानमा लाग्ने बताएका छन।
उम्मेदवार सर्वसम्मत सिफारिस गर्ने पार्टी कमिटी नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिदै उनले चाडै घोषणा पत्र सहित जनताको माझमा जाने बताएका छन।