बुढानिलकण्ठको नगर प्रमुख दौडमा क्षेत्र नं ५ का सभापति श्याम बहादुर खड्काको अर्थपूर्ण “इन्ट्री”
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २४ ।
२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ५ का सभापति श्याम बहादुर खड्काले बुढानिलकण्ठ नगर प्रमुख पदमा उम्मेदवारीका लागि दावी गरेका छन।
नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिले आव्हान गरेको नगर प्रमुखका दावेदारहरुको नाममा अर्थपूर्ण रुपमा क्षेत्रीय सभापति खड्काको नाम समावेस भएको छ।
नगरपालिकाका १३ वटै वडाबाट नगर प्रमुख पदमा दावेदारी दिन इच्छुक नेताहरुको नाम संकलन गरिरहेको नेपाली कांग्रेस बुढानिलकण्ठमा हाल सम्म खड्का सहित १४ जनाले दावेदारी प्रस्तुत गरेका छन।
सिमित नेता र समिती बसेर नाम सिफारिस गर्ने पुरानो प्रचलन तोड्दै खुल्ला रुपमा इच्छुकहरु संग नाम मागेको नेपाली कांग्रेस बुढानिलकण्ठमा क्षेत्रीय सभापति खड्काको इन्ट्रीले निकै अर्थपूर्ण चर्चा सुरु भएको छ।
नेपाली कांग्रेसको १४ औ महाधिवेसनबाट क्षेत्रीय सभापतिमा निर्वाचित बनेका खड्का लामो समय देखि नेपाली कांग्रेसमा सक्रिय रहदै आएका छन।
बुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस =को तर्फ बाट नगर प्रमुख पदको उम्मेदवारीका लागि खड्का संगै गोकर्ण केसी ,इन्द्र बहादुर थापा ,राजाराम बुढाथोकी ,बिनोद चालिसे,कृष्ण कुमारी बस्नेत ,मिना पराजुली ,बिजेन्द्र श्रेष्ठ,दामोदर भट्टराई ( बद्री ) , भोलानाथ लामिछाने ,अच्युत पौडेल ,रामकृष्ण केसी र जया भण्डारीले दावी गरेका छन।