सिद्धार्थ बैंक बाँसबारी क्लबको सह प्रायोजक बन्यो

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २४ ।

सहिद स्मारक बी डिभिजन लिग २०७८ को शीर्ष पाँचमा रहेको बाँसबारी क्लबले सिद्धार्थ बैंकलाई सह–प्रायोजकको रूपमा भित्र्याएको छ । दुई संस्थाबीच एकवर्षे प्रायोजनमा बुधबार हस्ताक्षर भएको छ ।

सम्झौतामा बाँसबारीका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक प्रदीप पन्तले हस्ताक्षर गरेका थिए  । काठमाडौं महानगरपालिका ३ का जनप्रतिनिधिसमेत रहेका क्लबका अध्यक्ष थापाले भने, ‘देशकै ठूलो सिद्धार्थ बैंकसँग प्रायोजन सम्झौता गर्न पाउादा बाँसबारी क्लब र बाँसबारी टोलवासी अत्यन्त खुसी छौं । यसले नेपालको फुटबल विकास र क्लबको उद्देश्य तथा लक्ष्य प्राप्त गर्न ठूलो सहयोग मिल्नेछ ।’

बाँसबारीले गत फागुनमै अराउन्ड द हिमालयज प्रालिसँग मुख्य प्रायोजनका लागि १० लाखको स्म्झौता गरेको थियो । चोयु ट्रेकिङ प्रालिलाई पनि सह–प्रायोजक बनाएको थियो ।

यो सिजनको लिगमा  एक खेल बाँकीको अवस्थामा बाँसबारी १६ अंकसहित (१२ खेल) पाँचौं स्थानमा छ ।

तपाइँको प्रतिक्रिया ।