गोकर्णेश्वर वडा नं ५ बासुकी नगरका स्थानीय घर परिवारलाई फलफुलको विरुवा वितरण
कपन अनलाइन
काठमाडौं, चैत्र २३ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ बासुकी नगरका स्थानीय घर परिवारलाई फलफुलको विरुवा वितरण गरिएको छ ।गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा एक घर पांच वटा फलफूलका बिरुवा बितरण गरिएको हो ।एक घर पांच फलफूलका बिरुवा’ रोपी हरियाली प्रवर्द्धन गर्ने नीति अनुरुप गोकर्णेश्वर नगरपालिका वडा नं ५ बासुकी नगरका करिब १५० स्थानीय घर परिवारलाइ फलफूलका बिरुवा वितरण गरिएको वडा अध्यक्ष नारायण बहादुर सुवेदीले कपन अनलाइनलाइ जानकारी गराए ।
गोकर्णेश्वर नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्यालले गरेका थिए। गोकर्णेश्वर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा नगर प्रवक्ता एबम वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना , वडा सदस्य कृष्ण कुमारी बिक, वडा सदस्य नवराज लामा , सामाजिक अभियन्ता उत्तम पुडासैनी, वासुकी नगर टोल सुधार समितिका अध्यक्ष गीरिराज ओझा लगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन गोकर्णेश्वर नगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख तथा कार्यक्रम संयोजक दीपक थापाले गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले आममानिसको स्वास्थ्यका लागि हरियाली वातावरण अपरिहार्य रहेको बताएका थिए।कार्यक्रमले हरियाली प्रवद्र्धन भई स्वच्छ वातावरण कायम हुने बिश्वास ब्यक्त गर्दै नगरपालिकाले सबै वडामा सोहि किसिमको कार्यक्रम गर्दै आएको जानकारी गराएका थिए । नगरपालिकाले नगर सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताउदै पर्यावरण संरक्षण अहिलेको अपरिहार्य आवश्यकता भएको बताएका थिए । फलफूलका बिरुवा रोपणले एकातिर हरियाली प्रवद्र्धन हुने र अर्कोतिर पछि फलफूलको उपलब्धता पनि हुने बताउदै प्राप्त बिरुवा संरक्षणमा जोड दिएका थिए ।