नेकपा माओवादी केन्द्रबाट गोकर्णेश्वर नगरपालिका प्रमुखमा पेमा छिरी शेर्पाको चर्चा
कपन अनलाइन
काठमाडौँ, चैत्र २३ ।स्थानीय तहको निर्वाचनको माहोल निकै तातेको छ । दलहरु पार्टीका संगठन सुदृढ गर्न देखि लिएर आफ्ना कार्यकर्ता बीच भेटघाटमा व्यस्त देखिन्छन् । सबै दलले आफ्नो पार्टी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पहिलो हुने दाबी गरिरहेका छन् । यस्तैमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गोकर्णेश्वरले पनि आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित गतिबिधिलाइ निरन्तरता दिदै भेटघाट र छलफल तिब्र बनाएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एउटा पनि उम्मेदवार जित्न नसकेको नेकपा माओवादी केन्द्रले अहिले नगरपालिकामा रहेको नेपाली कांग्रेसको प्रभुत्वलाई हटाउने भन्दै आक्रामक अभियानमा रहेको छ। नेकपा माओवादी केन्द्रबाट धेरै जनाले प्रमुख पदमा इच्छा व्यक्त गरेपनि नेकपा माओवादी केन्द्रका प्रदेश परिसद सदस्य तथा गोकर्णेश्वर इन्चार्ज पेमाछिरी शेर्पा उक्त पदमा उम्मेदवार बन्ने चर्चाले नगरपालिकाको राजनीतिमा तरंग पैदा गरेको छ।
स्वच्छ छवि र इमानदार नेताको पहिचान बनाएका शेर्पा पार्टी विभाजनको कठिन समयमा नेकपा माओवादी केन्द्रको संगठन विस्तार र निर्माणमा जुझारु देखिएका थिए । राजनीतिलाई कमाई खाने भाँडो बनाउन नहुने र आफै उद्यमशील बन्नु पर्दछ भन्ने धारणा राख्ने शेर्पाले सञ्चालन गरेका संस्थाहरुबाट धेरै जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन ।विभिन्न संघ संस्थामा रहेर समाजसेवा र विकासमा निर्माणमा योगदान पुर्याउदै आएका उनि
शेर्पा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका पूर्व अध्यक्ष, शेर्पा मुक्ति मोर्चाका पूर्व अध्यक्ष, ३० देशमा शाखा रहेको नेपाल शेर्पा संघका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन । भेनस नेशनल कलेजका अध्यक्ष शेर्पा भेनस पब्लिक स्कुलको फाउण्डर चेयरमेन हुन् भने मानवीय र सामाजिक सेवामा सक्रिय लायन्स क्लब अन्तर्राष्ट्रियका साथै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई समाजसेवाका क्षेत्रमा उल्लेख्य काम गरेका शेर्पा विपुल शिक्षा निकेतनका समेत अध्यक्ष हुन । उनी नेपाल लिडर्स बहुउदेश्यीय सहकारी संस्था लिमिटेड तथा मार्टका पनि अध्यक्ष हुन । व्यक्तिगत लाभका लागि उम्मेदवार बन्न लागेको नभई विगतमा गरेको कामको मूल्याङ्कन गरेर हुन सक्छ पार्टीका साथीहरूदेखि वडावासीहरूले उम्मेदवार बन्न प्रेरित गरिरहेको उनि बताउछन।
पार्टीले बिश्वास गरेर नगर प्रमुखको उम्मेदवार बनाएमा आफुले जित्ने दरिलो आधार रहेको भन्दै गोकर्णेश्वरको विकास र नगरवासीको हितमा काम गरि गोकर्णेश्वर नगरपालिकालाई लाई देशकै उत्कृष्ठ नगरपालिका बनाउने सोच रहेको बताएका छन। आफुलाइ नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवार नबनाए पनि पार्टीले दिने जुनसुकै जिम्मेवारी र भूमिकालाई शहर्ष स्विकार गर्ने शेर्पाले कपन अनलाइनलाई बताएका छन ।
जसको नीति उसकै नेतृत्व भए मात्र विकासले सार्थकता पाउने भएकोले स्थानीय क्षेत्रको विकासका लागि स्थानीय निकायमा पनि माओवादीकै नेतृत्व हुनु पर्ने धारणा राख्दै उनले देश विकासको लागि परिवर्तन ल्याउने पार्टी माओवादी नै भएको ठोकुवा गरेका छन । आधुनिक र विकसित नेपाल बनाउने जिम्मेवारी पनि माओवादी माथि रहेको बताउदै जसको नीति उसकै नेतृत्व भए मात्र विकासले सार्थकता पाउने भएकोले स्थानीय क्षेत्रको विकासका लागि स्थानीय निकायमा पनि माओवादीकै नेतृत्व हुनुपर्नेमा शेर्पाले जोड दिएका छन । शेर्पाले गोकर्णेश्वर नगरपालिकामा सबै वर्ग क्षेत्रलाई समेटेर समुचित विकास गर्नका लागि माओवादीको जित आवश्यक देखिएको बताउँदै पार्टीले दिने जिम्मेवारी स्वीकार गरेर गोकर्णेश्वर नगरपालिकाको विकास र नगरवासीको हितमा काम गर्न आफु प्रतिबद्ध रहेको बताएका छन ।