बुढानिलकण्ठ-१० मा नेपाली कांग्रेसको वडा अध्यक्ष उम्मेदवारमा डोर प्रसाद आचार्य
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १९।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवारमा डोर प्रसाद आचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ।
नेपाली कांग्रेस बुढानिलकण्ठ -१० को कार्यालयमा आयोजित भेला तथा कार्यक्रममा वडा अध्यक्ष पदको उम्मेदवारका लागि आचार्यको नामलाई सर्वसम्मत रुपमा पारित गर्दै घोषणा गरिएको हो।
लामो समय देखि शिक्षा क्षेत्रमा सक्रिय रहेर सेवा निवृत भएका आचार्यलाई २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा नं १० को वडा अध्यक्ष उम्मेदवार बनाउने निर्णय सर्वसम्मत रुपमा गरिएको वडा सभापति नारद मणि घिमिरेले जानकारी दिएका थिए।
बाल उद्दार मावी बुनपा १० का पुर्व प्रधानाध्यापक तथा कपन बहुमुखी क्याम्पसका सहायक प्रमुख रहिसकेका आचार्य संगै वडा नं १० को दलित महिला सदस्यमा तारा नेपालीको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ।
त्यस्तै आसन्न स्थानीय तहको निर्वाचनमा वडा नं १० को सदस्यमा सोनु लामा ,किरण गुरुङ ,कालिका श्रेष्ठ ,शेर बहादुर श्रेष्ठ ,विद्या ज्ञवाली ,कल्पना चन्द ,श्याम तिमल्सिना ,सुनिता खड्का ,मिना पोखरेल ,मनिष थापा ,भेष बहादुर डोटेल ,टिका प्रसाद उपाध्याय ,नेत्र प्रसाद भट्ट र तिर्थराज भट्टराईले दावी गरेको जानकारी दिदै सभापति घिमिरेले भोलि चैत्र २१ गते सम्म सदस्यको नाम पनि टुंग्याउने बताएका छन।