बुढानिलकण्ठमा सर्वाधिक चासोको एक प्रश्न, के उद्दव खरेल फेरी नगर प्रमुखको उम्मेदवार बन्लान?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १९।
” के उद्दव खरेल फेरी नगर प्रमुख को उम्मेदवार बन्लान?” यो प्रश्न अहिले बुढानिलकण्ठ नगरपालिकामा सावधिक चासोको प्रश्न बनेको छ। २०७४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फ बाट नगरपालिकाको प्रमुख पदमा विजयी बनेका नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य खरेल यो पटक पनि उम्मेदवार बन्लान कि छाड्लान भन्ने प्रश्न र चर्चा अहिले नगरमा चलिरहेको छ।
आगामी निर्वाचनमा उम्मेदवारीका वारेमा कतै पनि नबोल्न पार्टीले उर्दी जारी गरे संगै निकै छटपटी र उकुसमुकुसमा परेका नेकपा एमालेका नेताहरु जस्तै प्रमुख खरेलले पनि कतै मुख खोलका छैनन्।
” के उद्दव खरेल फेरी नगर प्रमुखको उम्मेदवारमा दोहोरिएलान ?” भन्ने प्रश्न निकै उठेको छ नि भन्ने कपन अनलाइनको प्रश्नमा कहिँ कतै उम्मेदवार बन्न नुहुने वा नदोहोरिने भन्ने छ र ? भन्दै प्रतिप्रश्न गरेका प्रमुख खरेलले पार्टीको निर्णय र फैसला आफुले मान्ने भन्दै कुटनीतिक जवाफ दिएका छन ।
औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न र छलफल गर्न समेत पार्टीले बन्देज लगाए पनि आन्तरिक छलफल र परामर्शमा भने रहेका प्रमुख खरेलले बैशाख महिनाको पहिलो हप्ता मात्र उम्मेदावर निश्चित हुने भएकोले अहिले हतार गर्नु नहुने धारणा राखेका छन।