मीन वहादुर विष्ट स्मृती प्रतिष्ठान द्वारा गोकर्णेश्वर ३ मा आयोजित दौड तथा भेट्रान्स खेलाडी सम्मान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, चैत्र २० । मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानको आयोजनामा गोकर्णेश्वर नगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरिय खुल्ला दौड प्रतियोगिता तथा भेट्रान्स खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार गोकर्णेश्वर नगरपालीका वडा नं ३ सुन्ताखानमा आयोजित उक्त पतियोगितामा नगरपालीका भित्रका माध्यामिक बिद्यालय स्तरीय महिला र पुरुष दौड प्रतियोगितामा १८ महिला र २५ जना पुरुषले सहभागिता जनाएका थिए। उक्त दौड प्रतियोगिताको पुरुष दौडमा चामुण्डा माविका मिङमार सिङ्गी तामाङ प्रथम, मनकामना माविका सागर तामाङ द्धितिय र समता निकेतन माविका छात्र सुमन नेपाली तृतिय भए ।
त्यस्तै महिला तर्फ भेनस माविकी रजनी श्रेष्ठ प्रथम, सहयोगी माविकी रमिता वन र भेनस माविकी सुकलामु तामाङ तृतिय भइन । बिजेता महिला र पुरुष खेलाडीहरुलाई क्रमश रु २० हजार, १५ हजार र १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।उक्त कार्यक्रममा नेपालका भेट्रान्स खेलाडीहरु यज्ञलाल श्रेष्ठ, गीरवान विक्रम शाह, भैरब शाही, मुकुन्द हरी श्रेष्ठ, जीत वहादुर के.सी, फोटो पत्रकार स्याम चित्रकार, वोलम्पपियन राजेन्द्र वहादुर भण्डारीलाई सम्मान गरिएको थियो ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोस चालिसे र नगर उप प्रमुख शान्ती नेपालले दौड प्रतियोगिताको रिबन काटी उद्घाटन गर्दै र भेट्रान्स खेलाडीहरुको सम्मान कार्यक्रमको सफलताको कामना कामना गरेका थिए । कार्यक्रममा नेपाल मास्टर एथलेटिक्स एशोसिएसनका अध्यक्ष जेएन दाई शर्माले नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउने नेपालका प्रथम म्याराथुन धावक मीन बहादुर विष्टको योग्दान छाँयामा परेको भन्दै प्रचार प्रसार गरिनुपर्ने बताएका थिए ।
नेपालको नामलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने विष्टको नामलाई घर र ढोकामा मात्र सिमिति राख्नु नहुने भन्दै बिष्ट जुन समय र परिस्थीतिमा देशको नामलाई चिनाउन लागे सो कुरा आज र भोलीको पुस्तालाई सुनाउन जरुरी रहेको हुँदा त्यसलाइ बढी भन्दा बढी प्रचारप्रसार गर्नु पर्नेमा जोड दिएका थिए । उनलेप्रथम धावक विष्टको इतिहाँसलाई जीवन्त राख्न गोकर्णेश्वर नगरपालीका भित्र पुर्णकदको शालीक र कम्तीमा पनि बिष्टको नाममा सम्मान स्वरुप एउटा सडकको नामाकरण हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालीका ३ का वडा अध्यक्ष राजेन्द्रकुमार भण्डारीले बिष्टको योग्दानलाई चिरकाल सम्म स्मरण गराईरहनको लागि आफुले पहल गरिरहेको बताएका थिए । विष्टको सम्मान स्वरुप आफुले वडाबाट यस पटक देखि प्रतिष्ठानलाई आर्थिक सहयोगको व्यवस्था गरेको बताँउदै सो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइनुपर्नेमा जोड दिएका थिए । मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानका संस्थापक अध्यक्ष रमेश बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अच्यूत विष्टले स्वागत मन्तब्य राखेको कार्यक्रम संचालन मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानका अध्यक्ष अशोक विष्टले गरेका थिए। कार्यक्रममा गोकर्णेश्वर नगरपालीकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगर प्रबक्ता तथा वडा नं ८ का वडा अध्यक्ष मनोज डुङ्गाना, वडा सदस्य लक्ष्मी भण्डारी, समाजसेवी किरण बहादुर बिष्ट लगायत बिभिन्न प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।