गोकर्णेश्वर नगरपालिका वडा नं ५ अध्यक्ष : को को छन नेपाली कांग्रेसका सम्भावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १९।२०७९ बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै गोकर्णेश्वर नगरपालिका वडा नं ५ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले वडा अध्यक्ष मात्र जितेको यस वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ ।
नेपाली कांग्रेसको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ५ को अध्यक्ष पदमा दावी गर्न सक्ने सम्भावित नेताहरुको वारेमा चर्चा परिचर्चा सुरु भएको छ। नेपाली कांग्रेसको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ५ को अध्यक्ष पदमा दावेदारी दिन सक्ने सम्भावित नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. नारायण बहादुर सुवेदी
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एबम गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष समेत रहेका नारायण बहादुर सुवेदी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ५ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहमा १५सय २६ मत सहित वडा अध्यक्षमा विजयी बनेका सुवेदी राजनीति संगै विकास निर्माणको साथै सामाजिक अभियान पनि उत्तिकै सक्रिय रहेका छन।
२. शेखर सुवेदी
नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ५ इकाई सभापति शेखर सुवेदी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ५ को अध्यक्षमा बलियो दावेदारका रुपमा रहेका छन। लामो समय देखि बिभिन्न संघ संस्थामा आवद्ध हुदै राजनीति समाजसेवामा पनि सक्रिय रहदै आएका छन ।
३. रमेश रिजाल
नेपाली कांग्रेस गोकर्णेश्वरका नगर सचिब रमेश रिजाल आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ५ को अध्यक्षमा दावेदारका रुपमा रहेका छन। लामो समय देखि लायन्स क्लबमा आवद्द हुदै सामाजिक तथा मानवीय सेवामा सक्रिय रहेका रिजाल वडाको विकास निर्माणमा पनि उत्तिकै सक्रिय रहेका छन।
४. बच्चुराम चौलागाई
नेपाली कांग्रेस गोकर्णेश्वरका क्षेत्रीय प्रतिनिधि बच्चुराम चौलागाई आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ५ को अध्यक्षमा दावेदारका रुपमा रहेका छन। बिभिन्न संघ संस्थामा आवद्ध हुदै शैक्षिक क्षेत्र संगै राजनीति र सामाजिक सेवामा सक्रिय रहेका चौलागाई २०७४ सालको स्थानीय तहमा वडा सदस्यको उम्मेदवार रहेका थिए ।
५. रामकृष्ण बराल
नेपाली कांग्रेस गोकर्णेश्वरका क्षेत्रीय प्रतिनिधि राम बराल आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ५ को अध्यक्षमा दावेदारका रुपमा रहेका छन। मानव अधिकार तथा शान्ति समाज संगै बिभिन्न संघ संस्थामा आवद्ध रहेका बराल राजनीति र सामाजिक कार्यमा सक्रिय रहेका छन ।