नेकपा माओवादी केन्द्र काठमाण्डौ महानगरपालिका वडा नं ६ ले उम्मेदवार सिफारिस गर्यो

नेकपा माओवादी केन्द्र काठमाण्डौ महानगरपालिका वडा नं ६ ले उम्मेदवार सिफारिस गर्यो

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि  नेकपा माओवादी केन्द्र काठमाण्डौ महानगरपालिका वडा नं ६ ले उम्मेदवार सिफारिस गरेको छ ।

वडा नं ६ को सम्पर्क कार्यालय उदघाटन सहित भएको बैठकले वडा अध्यक्षको पदका लागि राजेस लामा र किरण कुमार लामालाई सिफारिस गरेको छ । त्यस्तै वडा नं ६ को अध्यक्षका लागि गोविन्द भट्टराईले पनि दावी गरेका छन ।

त्यस्तै रघुनाथ भण्डारी र मिन कुमार ज्योतिलाई सदस्य पदको लागि सिफारिस गरेको सो बैठकले लक्ष्मी बानिया कार्कीलाई महिला सदस्य पदका लागि सिफारिस गरेको छ ।

५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको भेलाले निर्वाचन परिचालनका लागि विभिन्न विभागहरु समेत गठन गरेको थियो।

सो भेलामा कमान्ड इन्चार्ज सुशिला पौडेल,सह इन्चार्ज निरज लामा ,योगेन्द्र ढकाल ,राजेस लामा, मनु हुमागाई लगायका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।