अपेन गोकर्णेश्वरको अध्यक्षमा प्रकाश अधिकारी, को को बने पदाधिकारी?

अपेन गोकर्णेश्वरको अध्यक्षमा प्रकाश अधिकारी, को को बने पदाधिकारी?

कपन अनलाइन

काठमाडौं चैत्र १९ । एसोसिएसन अफ प्रि -स्कुल एडुकेर्टस नेपाल गोकर्णेश्वर नगर समितिको ‘दोस्रो अपेन गोकर्णेश्वर नगर अधिवेशन -२०७८  सम्पन्न भएको छ। चैत्र १८ गते शंखरापुर जहरसिंह पौवा स्थित हेभन हिल्स रिसोर्टमा  अपेन वाग्मती प्रदेशका संयोजक कृष्ण बोहराको प्रमुख आतिथ्य सम्पन्न उक्त नगर अधिबेसनले  सामाजिक अभियन्ता, शिक्षासेवी एबम  शुभकामना स्कुल उत्तरवाहिनीका फाउन्डर प्रिन्सिपल  प्रकाश  अधिकारीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन भएको छ ।आगामी ३ बर्षे कार्यकालको लागि अपेन गोकर्णेश्वरले चयन गरेको पदाधिकारीहरु:

अध्यक्ष : प्रकाश अधिकारी

उपाध्यक्ष : भावना भट्ट

सचिव : लक्ष्मी पुडासैनी

कोषाध्यक्ष : शुष्मा ठकुरी

सहसचिव : सन्तोष श्रेष्ठ

सदस्य : प्रतिमा श्रेष्ठ

सदस्य : सजनी रिजाल

सदस्य : नम्रता काफ्ले

सदस्य : शान्ता फुयाल सापकोटा

सदस्य : रुक्मणी सञ्जेल

सदस्य : सुमित्रा धिमाल

सदस्य : रश्मी श्रेष्ठ

सदस्य : रेखा गिरी रहेका छन।

कार्यक्रममा बोल्दै  बोल्दै प्रमुख अतिथि अपेन वाग्मती प्रदेशका संयोजक कृष्ण बोहराले  नवनिर्वाचित कार्य्समितिकाइ सफल कार्यकालको शुभकामना ब्यक्त गरेका  थिए। संस्थाले  एक अर्का संग हातेमालो र सहकार्य गर्दै संस्थागत विकास र लगानी सुरक्षा तथा आर्थिक समृद्दीको सपना  पुरा गर्ने अठोट अनुरुप  कार्य गर्न सबैलाई अनुरोध गरेका थिए।

कार्यक्रममा बोल्दै  नवनिर्वाचित अपेन गोकर्णेश्वरका अध्यक्ष प्रकाश अधिकारीले  अधिबेसनमा  उपस्थित सबैलाई धन्यबाद दिएका थिए। उनले अपेन गोकर्णेश्वरलाइ सबैको आवाज समेट्ने साझा संस्था बनाउनेमा आफु केन्द्रित हुने भन्दै सामुहिक प्रयासबाट बालबालिकाको क्षेत्रमा उल्लेखनीय कामहरु गर्न र अगाडी आउने   चुनौती सामना  गर्न आफुहरु सक्षम हुने बिश्वास ब्यक्त गरेका थिए ।कार्यक्रममा शिक्षा कर्मी  बज्र कलेजका निर्देशक चन्द्र प्रसाद पौडेल  सहित अपना गोकर्णेश्वरका सदस्यहरुको साथै अपेनका बिभिन्न स्थानीय कमिटिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्ने बक्ताहरु अपेन गोकर्णेश्वरलाइ बधाई तथा सफल कार्यकाल को शुभकामना ब्यक्त गरेका थिए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।