हेटौंडामा नेकोस सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १७।

नेपाल खेलकुद महासंघ मकवानपुर जिल्ला कमिटी र भुटनदेवि युवा क्लवको संयुक्त आयोजनामा खुल्ला सेभेन ए साइड नक आउट फुटबल प्रतियोगिता बुधबारबाट हेटौंडामा सुरु भएको छ ।

२४ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले उद्घघाट्न गरेका छन  ।चार दिनसम्म संचालनहुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २६ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगितामा विभिन्न व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री पौडेलले खेलकुद देशलाई चिनाउने एउटा महत्वपूर्ण माध्यम रहेको बताए । खेलको माध्यमबाट नेपालको चिनारी विश्वसामु गराउन सहजहुने भन्दै खेलकुद गतिविधिलाई थप मर्यादिततथाअनुशासित बनाउनुपर्नेमा जोड दिदैं प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।
नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्य धरम बहादुर लामाले स्थानीय स्तरमै सिमित रहेर खेल खेल्न बाध्य खेलाडीहरुलाई आफ्नो कौशल प्रदर्शन गर्न अवसर प्रदानगर्ने हेतुले सबै खेलका प्रतियोगिताहरु आयोजना गर्दै जाने महासंघ केन्द्रको नीति अनुसार यो प्रतियोगिता आयोजना गरिएको बताए ।
खेलकुद प्रतियोगिताहरुको क्यालेण्डर नै सार्वजनिक गरेर अघि बढेको खेलकुद महासंघ मकवानपुरले पहिलो कार्यक्रमको रुपमा ८ मार्चका दिन खुल्ला महिला दौड प्रतियोगिताको आयोजना गरेर अभियानको थालनी गरेको थियो भने गत हप्तामात्रै राष्ट्रिय चेस प्रतियोगिता सम्पन्न गरेको जिल्लाअध्यक्ष सविन मोक्तानले बताए । महासंघले आफ्नो क्यालेण्डर अनुसार आयोजनागरिने भलिबल र तेक्वान्दो प्रतियोगिताको तयारी समेत शुरु गरिसकेको छ ।
प्रतियोगिताको पहिलो दिन सात वटा खेल सम्पन्न भएका छन  । उद्घाट्न खेलमा गोर्खा ब्वाईजले भुटनदेवी युवा क्लबलाई शुन्यका विरुद्ध दुई गोलले पराजीत गर्यो । त्यसैगरी आर आर एफसीले ७नम्बर फुटबल टिमलाई १–० हरायो भने न्यु कम्बाईन क्लबले पदमपोखरी फुटबल ट्रेनिङ सेन्टरलाई ३–२ गोल अन्तरले पराजीत गर्यो ।त्यस्तै रियल स्टार युवा क्लब हर्नामाडी कमलदेवी युवा क्लबसँग शुन्यका विरुद्ध १ गोलले पराजीत हुनपुग्यो ।
बुधबार सम्पन्न बाँकी सबै खेलको नतिजाका लागि पेनाल्टीको साहारा लिनुपर्यो । न्यु मर्निङ युवाक्लबले सिमलटार युवा क्लबलाई ३–२ गोल अन्तरले पराजीत गर्यो । त्यसैगरी शिखर क्लब थाहानगरले हेटौंडा फुटबल एकेडेमीलाई २–० ले पराजित गर्यो भने शान्ति क्लबले फ्रेन्च क्लब बारालाई सडेनडेथमा ६–५गोलअन्तरले पराजीत गर्यो  । प्रतियोगिता अन्तर्गत  बिहिबार पनि सात वटै खेल सञ्चालन गरिनेछ ।

तपाइँको प्रतिक्रिया ।