नेपालका प्रथम म्याराथुन धावक मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानले गोकर्णेश्वरमा दौड प्रतियोगिता तथा भेट्रान्स खेलाडी सम्मान गर्ने

नेपालका प्रथम म्याराथुन धावक मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानले गोकर्णेश्वरमा दौड प्रतियोगिता तथा भेट्रान्स खेलाडी सम्मान गर्ने

कपन अनलाइन

काठमाडौँ, चैत्र १६ ।  नेपालका प्रथम म्याराथुन धावक श्री मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानले गोकर्णेश्वर नगरपालिका उच्च माध्यमिक विद्यालय स्तरिय दौड प्रतियोगिता तथा भेट्रान्स खेलाडी सम्मान कार्यक्रम गर्ने भएको छ । खेलकुद मार्फत युवा पुस्तालाई सकारात्मक कार्य तर्फ प्रेरित गर्ने   दौडमा रुची राख्ने पुरुष र महिलाहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्य सहित  विगतका वर्षहरुमा झै यस वर्षपनि नेपालका प्रथम म्याराथुन धावक श्री मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानले चैत्र १९ गते शनिबार  गोकर्णेश्वर नगरपालिका उच्च माध्यमिक विद्यालय स्तरिय दौड प्रतियोगिता तथा भेट्रान्स खेलाडी सम्मान कार्यक्रम गर्ने भएको हो  ।

 गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहने सो कार्यक्रममा उप प्रमुख शान्ती नेपाल सहित  नेपाल मास्टर एथलेटिक्स एशोसिएसनका संपूर्ण पदाधिकारीहरु  लगायत स्थानीय समाजसेवीहरुको आतिथ्यता रहने संस्थाका अध्यक्ष  अशोक विष्टले जानकारी  गराएका छन ।उक्त दौड प्रतियोगितामा सो  भेगका २९ वटा उच्च माध्यमिक विद्यालयबाट २ जना  महिला तथा २ जना पुरुष खेलाडी गरि कुल ११६ जना खेलाडीहरुको  सहभागीता हुने सो प्रतियोगितामा  प्रथम द्धितिय तथा तृतिय स्थान हाँसिल गर्ने खेलाडीलाई क्रमश नगद रु बीस हजार, पन्ध्र हजार र दश हजार पुरस्कार सहित प्रमाण पत्र र मेडल प्रधान गरिने संस्थाका उपाध्यक्ष अच्यूत विष्टले जानकारी गराएका छन ।कार्यक्रममा नेपालका भेट्रान्स खेलाडीहरु श्री यज्ञलाल श्रेष्ठ, गीरवान विक्रम शाह, भैरब शाही, मुकुन्द हरी श्रेष्ठ, जीत वहादुर के.सी लगायतका अग्रज खेलाडीहरुले नेपालको खेल जगतमा पुर्याएको योगदानको कदर स्वरुप  सम्मान  गरिने पनि उनले जानकारी गराएका छन ।थप जानकारीको लागी९८५११७२७१८मा सम्पर्क गर्न सकिने छ ।

तपाइँको प्रतिक्रिया ।