गोकर्णेश्वर नगरपालिका वडा नं ८ का दलित समुदायका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान

गोकर्णेश्वर नगरपालिका वडा नं ८ का दलित समुदायका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान

कपन अनलाइन

काठमाडौं,चैत्र १५। गोकर्णेश्वर नगरपालिका वडा नं ८ का दलित समुदायका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शनिबार  गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को आर्थिक  सहयोग र गणेशचोक टोल सुधार समितिको आयोजनामा मिजारटोलमा दलित समुदायका विद्यार्थीहरुका लागि स्टेशनरी, ब्याग तथा जुत्ता वितरण गरिएको हो।

करिब ३५ जना बिद्यार्थीहरुलाई एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिकाका  प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले शैक्षिक सामग्री वितरण गरेका हुन । गणेश चोक टोल सुधार समितिका अध्यक्ष रामकृष्ण बस्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य सोविता मिजार लगायत स्थानीयको उपस्थिति रहेको थियो ।दलित परिवारका बालबालिकाहरूको विद्यालयमा पहुँच सहज बनाउन र अध्ययनप्रति अभिरुचि जगाउन  शैक्षिक सामग्री वितरण गरिएको  आयोजकले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।