Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/03/276314569_420023579889913_8040169416602582882_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/03/276060683_420023509889920_7092111015770996164_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/03/276272692_420023336556604_3452121794448261096_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/03/276985968_346203094129099_1785669868340367627_n-1024x679.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

रिलायन्स इन्टरनेशनल एकेडेमीको दुइदिने विज्ञान प्रदर्शनी मेला शुरु

कपन अनलाइन 

काठमाडौँ, चैत्र ११।काठमाडौंको सरस्वतिनगरमा संचालित  रिलायन्स इन्टरनेशनल एकेडेमी ले दुइदिने विज्ञान प्रदर्शनी मेला संचालन गरेको  छ  ।बिहिबार सरस्वतिनगर स्थित एकेडेमिकै प्राङ्गणमा एक कार्यक्रमकाबिच उक्त दुईदिने प्रदर्शनी मेलाको राष्ट्रिय आविष्कार केन्द्रका सिनियर मेकानिकल इन्जिनियर रितेश देवले उद्घाटन गरेका   हुन ।

कार्यक्रममा  कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कमा आबद्ध बोर्ड अफ डाइरेक्टर, स्कूलका प्रिन्सिपल, व्यवस्थापन टिम, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

यहि चैत्र १० र ११ गते चल्ने उक्त प्रदर्शनी  उद्घाटनका क्रममा इन्जिनियर देवले प्रविधिको क्षेत्रमा केहि नयाँ काम गर्न चाहने जो कोहिलाई आवश्यक सहयोग गर्न राष्ट्रिय आविष्कार केन्द्र सधैं तयार रहेको बताएका थिए  ।कार्यक्रममा विद्यार्थिको प्रतिभालाई उजागर गरि उनिहरुलाई राष्ट्रको असल र सभ्य नागरिक बनाउने उद्देश्यका साथ यो दुईदिने प्रदर्शनी मेलाको आयोजना गरिएको रिलायन्स इन्टरनेशनल एकेडेमिका प्राचार्य एवं रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्रजङ्ग थापाले बताए ।

कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कका बोर्ड सदस्य एवं सिनियर सिए राजु सिवाकोटी तथा रिलायन्स इन्टरनेशनल एकेडेमिका सहायक प्राचार्य नन्दु कुशवाहले प्रदर्शनिमेलाको औचित्यका बारेमा प्रकाश पारेका थिए ।

बिहिबार र शुक्रबार सञ्चालन हुने उक्त दुईदिने प्रदर्शनी मेलामा ११ वटा विज्ञान प्रदर्शनी ६ वटा सुचना प्रविधि तथा अन्य थप प्रदर्शनि समेत रहेको एकेडेमिका अतिरिक्त क्रियाकलाप प्रमुख गोबिन्द ढकालले  जानकारी गराए  ।उक्त कार्यक्रममा रिलायन्स एकेडेमिका विद्यार्थिले संकलन गरेको रु ६५ हजार राष्ट्रिय आविष्कार केन्द्रलाई उपलब्ध गराउने घोषणा समेत गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।