विपुल शिक्षा निकेतन गोकर्णेश्वर ६ को बार्षिक खेलकुद कार्यक्रम आज बाट शुरु

विपुल शिक्षा निकेतन गोकर्णेश्वर  ६ को बार्षिक खेलकुद कार्यक्रम आज बाट शुरु

कपन अनलाइन

काठमाडौँ, चैत्र १० ।  शैक्षिक ज्ञान संगै बिद्यार्थीलाइ  खेलकुदमा अब्बल तुल्याउन गोकर्णेश्वर नगरपालिका वडा नं ६ नयाँबस्तीमा संचालित विपुल शिक्षा निकेतनको   बार्षिक खेलकुद कार्यक्रम शुरु भएको छ ।बृत्ति बिकासमा बिध्यार्थिलाई सहयोग हुने र यसबाट स्वथ्यमा लाभका साथै पहिचान बनाउने अवसर समेत रहेको हुँदा बिध्यालयले खेलकुद कार्यक्रमलाइ प्राथमिकतामा राखेर खेल गतिबिधि संचालन गर्दै आएको छ ।त्यसैलाइ  निरन्तरता दिदै बिद्यार्थीको अन्तरनिहित प्रतिभाको बिकासका लागि आयोजित खेलकुद कार्यक्रमको  बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष पेमाछिरी शेर्पाले विपुल शिक्षा निकेतन लेखिएको ब्यानर बेलुनमा उडाएर शुभारम्भ गरेका हुन ।

कार्यक्रममा बिध्यालय व्यवस्थापक एबम भेनस नेसनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम, भेनस पब्लिक स्कुलका प्रिन्सिपल नेत्र प्रसाद दाहाल, विपुल शिक्षा निकेतनका व्यवस्थापक बिष्णु लामिछाने शिक्षाविद एबम स्कुलका व्यवस्थापक ओम  कुमार मगर लगायत बिद्यालयका शिक्षक बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम संचालन बिद्यालयका शिक्षक केशब गुरुङले गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा बिध्यालयका लेखा प्रमुख हर्क बहादुर सुनारले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा बिध्यालयका प्रिन्सिपल एबम नेसनल प्याब्सन गोकर्णेश्वरका अध्यक्ष समेत रहेका मोहन अधिकारीले  कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।   खेलले बिध्यार्थीहरुको शिक्षण सिकाईमा समेत प्रत्यक्ष सहयोग गर्ने भएकोले खेल अनिवार्य रहेको  बताउदै  विपुल शिक्षा निकेतनले बिद्यार्थीलाइ किताबी गान मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिदै आएको बताए । बिध्यार्थिलाई चौतर्फि बिकासका लागि  बिधालयमा अध्ययनरत छात्र, छात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गर्न खेलकुद कार्यक्रम आयोजना गरिएको प्रष्ट पारेका थिए ।  विपुल शिक्षा निकेतनले बिधार्थीको सैद्धान्तिक सँग सँगै सर्वाङ्गगिण विकासमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराउदै कोरोनाको कारण लामो समय सम्म त्यस्ता गतिबिधि हुन नसकेको र कोरोना कहर कम भए संगै र बिध्यालयका बिद्यार्थीहरुले खोप लागाए पश्चात पुन यस्ता गतिबिधिलाइ अघि बढाएको उनले जानकारी गराए ।

कार्यक्रममा बिध्यालय व्यवस्थापक एबम भेनस नेसनल कलेजका क्याम्पस प्रमुख कृष्ण गौतम, भेनस पब्लिक स्कुलका प्रिन्सिपल नेत्र प्रसाद दाहाल, बिपुल शिक्षा निकेतनका व्यवस्थापक बिष्णु लामिछाने शिक्षाविद एबम स्कुलका व्यवस्थापक ओम  कुमार मगर लगायतले शुभकामना मन्तब्य राख्दै विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक विकास गर्न, विद्यार्थीमा सामाजिक भावना, सहयोग, समानुभूतिको भावना विकास गर्न  बिद्यालयमा अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताउदै खेलकुद कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

दुइ दिन सम्म चल्ने उक्त कार्यक्रममा कक्षा १ कक्षा १० सम्मका बिद्यार्थीहरुलाई सहभागि गराइएको छ ।  बार्षिक खेलकुद कार्यक्रममा  छात्र छात्रा को दौड ,कबड्डी, रेस १०० मिटर दौड, , क्रिकेट बास्केटबल,म्युजिकल चेयर , फुटबल, म्याराथन, लगायतका बिभिन्न खेलहरु समाबेश गरिएको छ । प्रतियोगितामा बिजयी हुने खेलाडीहरुलाई ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरेको समेत आयोजकले जानकारी गराएको छ ।कार्यक्रममा बिद्यार्थीहरुले मार्च पास गर्नु को साथै उद्घाटन सत्रमा नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए । अध्यक्षताको आसन बाट बोल्दै बिपुल शिक्षा निकेतनका अध्यक्ष पेमा छिरी शेर्पाले धन्यवाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।