गोकर्णेश्वर नगरपालिका वडा नं ३ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ८ । २०७९ बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै गोकर्णेश्वर नगरपालिका वडा नं ३ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्य १ जनाले जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।
शाखा र टोल कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ ।
१. गोकुल बिष्ट
नेकपा एमाले काठमाडौं जिल्ला सदस्य गोकुल बिष्ट आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन। गत स्थानीय निर्वाचनमा समेत वडा अध्यक्षको उम्मेदवार बन्दै झिनो मत अन्तरले पराजित भएका थिए समाज सेवा तथा सहकारी क्षेत्रमा निरन्तर सक्रिय रहदै आएका छन ।
२. कृष्ण शरण बिष्ट
नेकपा एमाले गोकर्णेश्वर नगर कमिटि सदस्य तथा गोकर्णेश्वर नगरपालिका वडा नं ३ इन्चार्ज कृष्ण शरण बिष्ट नेकपा एमालेको तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन। राजनीति संगै विकास निर्माण र समाजसेवामा पनि सक्रिय रहदै आएका छन ।
३. कृष्ण भण्डारी
नेकपा एमाले गोकर्णेश्वर नगर कमिटि सदस्य रहेका कृष्ण भण्डारी नेकपा एमालेको तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन ।
भण्डारी राजनीति संगै विभिन्न सामाजिक गतिविधिहरुमा पनि सक्रिय रहेका छन।
४.सुजन पौडेल
नेकपा एमाले गोकर्णेश्वर ३ वडा कमिटिको उपाध्यक्ष रहेका सुजन पौडेल आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ३ को अध्यक्षमा प्रवल दावेदारका रुपमा रहेका छन । सामाजिक क्रियाकलापमा सक्रिय रहेका पौडेल लामो समय देखि संघ र युवा आन्दोलनमा सक्रिय रहेका छन ।