बुढानिलकण्ठ नगरपालिका वडा नं १३ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ४।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै  बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष सहित ५ सदस्य जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष  पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा  वडा नं १३ मा १०९५ मत सहित विजयी बनेका श्री कृष्ण श्रेष्ठले नगर प्रमुख पदमा दावी गर्ने संकेत गरे संगै नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. जय कुमार श्रेष्ठ 

बुढानिलकण्ठ नगरपालिकाको साविक वडा नं १७ का पुर्व अध्यक्ष जय कुमार श्रेष्ठ आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०५१ साल देखि नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेका युवा नेता श्रेष्ठ नौलिन मावीका सहायक प्रधानाध्यापक हुन।

२. राधेश्याम श्रेष्ठ  

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सदस्य राधेश्याम श्रेष्ठ पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

लामो समय देखि शिक्षा क्षेत्रमा सक्रिय रहेका श्रेष्ठ २०४८ साल देखि नेकपा एमालेका विभिन्न जिम्मेवारीहरुमा सक्रिय रहदै आएका छन।

३.मंगलदास श्रेष्ठ  

नेकपा एमाले साविक चुनिखेल गाविसका पुर्व अध्यक्ष मंगलदास श्रेष्ठ पनि आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

लामो समयदेखि नेकपा एमालेका विभिन्न जिम्मेवारीमा सक्रिय रहेका श्रेष्ठ विकास निर्माण र सामाजिक क्षेत्रमा पनि क्रियाशील रहेका छन।

४.रिना श्रेष्ठ

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सदस्य रिना श्रेष्ठ पनि  आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेको  तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेकी छन।

बुढानिलकण्ठ नगर कार्यपालिका सदस्य श्रेष्ठ २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं १३ को सदस्यमा निर्वाचित भएकी थिइन्।

 

तपाइँको प्रतिक्रिया ।