नागार्जुन नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

नागार्जुन नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

कपन अनलाइन

काठमाडौं चैत्र ३ । नागार्जुन नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ नगरपालिकाको वडा नं. ५  हरिसिद्धिमा  बनेको प्रशासनिक भवनको बुधबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राज वैद्य र नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

 कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख सरिता दाहाल, नागार्जुन नगरपालिका उप-प्रमुख सुशीला अधिकारी, जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी राजेन्द्र बहादुर आर्याल, नागार्जुन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, जिल्ला समन्वय समितिका सदस्य शिला चार्माकार, नागार्जुन नगरपालिकाका प्रवक्ता एबंम वडा अध्यक्ष थुम बहादुर केसी,  वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरु ,वडा सदस्यहरू, हनुमान कन्स्ट्रक्शन कम्पनीका प्रतिनिधि,जिल्ला समन्वय समितिका कर्मचारीहरू,शाखा प्रमुखहरू एंव नगरपालिकाका कर्मचारीहरु सहित स्थानीयको उपस्थिति रहेको उक्त कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिबसुन्दर राज वैद्यले नगरपालिकाले छोटो अवधिमै प्रशासनिक भवन निर्माण गरेकोमा नगरपालिकालाई धन्यवाद ब्यक्त गरेका थिए । नगरपालिकाले  निर्माण गरेको भवन नगरपालिकाको प्रमुख प्रशासनिक इकाइ भएको भन्दै उनले  अब सेवा प्रवाह झनै सहज र प्रवभाकारी हुने बिश्वास ब्यक्त गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले स्थानीय तहको निर्वाचन पछि नगरपालिकाले भौतिक विकासको काममा रोड मोडलको रुपमा गर्न सफल भएको बताए । कोरोनाको समयमा पनि स्वास्थ्य मापदण्ड पालना गरेर नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाएको स्पष्ट पार्दै  नगरपालिकाले सबै राजनीतिक दल, कर्मचारी, सेवा ग्राहीसँग सौहार्दपूर्ण व्यहार गरेकाले अपेक्षाकृत रुपमा विकास गर्न संभव भएको बताए । कार्यक्रममा  नगरपालिका उपप्रमुख सुशिला अधिकारीले पाँच वर्षमा नगरपालिकाले गरेका विकास निर्माणका कामलाई तथ्याङ्कगत रुपमा उल्लेख गर्दै  नगरपालिकाको यस अवधिमा विकास र सेवा प्रवाहमा अपेक्षा गरिए भन्दा धेरै भएको बताइन ।जिल्ला समन्वय समितिका उपप्रमुख सरिता दाहालले नगरपालिकाले निर्धारित समयमै आफ्नै प्रशासनिक भवन निर्माण गरिएकोमा खुसी व्यक्त गरेकी थिइन ।

काठमाडौंका जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर आर्यालले आफ्नै प्रशासनिक भवन निर्माणले सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन सहज हुने विश्वास व्यक्त गरेका थिए ।नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीयक अधिकृत सुरेन्द्र थापा मगरले भवन निर्माण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने जिल्ला समन्वय समितिका पदाधिकारी, नगर प्रमुख, उपप्रमुख, नगरपालिकाका प्राविधिक कर्मचारी, निर्माण व्यवसाहि लगायत सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले  नगरपालिकाले भौतिक पूर्वाधार निर्माणसँगै रोजगारी सिर्जना र सामाजिक विकासका कार्यलाई पनि उच्च प्राथमिकता दिएर कार्यान्वयन गरिएको जानकारी गराए ।उक्त भवन जिल्ला समन्वय समिति काठमाडौं र नगरपालिकाको लागद साझेदारीमा निर्माण सम्पन्न भएको हो । कोरोनाको महामारीको समयमा पनि नगरपालिकाले छोटो अवधिमै आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो ।

 

 

तपाइँको प्रतिक्रिया ।