बुढानिलकण्ठ नगरपालिका वडा नं १२ अध्यक्ष : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ अध्यक्ष : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ३।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको  यस वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि आन्तरिक रुपमा तयारी थालेका छन।

शाखा र टोल  कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेपाली कांग्रेसका  तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१.राजु बिक्रम थापा 

नेपाल तरुण दल बुढानिलकण्ठका अध्यक्ष राजु बिक्रम थापा आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं १२ को सदस्यमा पदमा १००६ मत ल्याएका थापा सामाजसेवा ,सहकारी र खेलकुद क्षेत्रमा सक्रिय रहेका छन।

२.होमनाथ तिमल्सिना ( नवराज )

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं १२ इकाई समितीका निवर्तमान  सभापति होमनाथ तिमल्सिना पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं १२ को वडा अध्यक्ष  पदमा १०२७ मत ल्याएका तिमल्सिना  सामाजसेवा ,कृषि र व्यावसायिक क्षेत्रमा सक्रिय रहेका छन।

३. दामोदर भट्टराई ( बद्री ) 

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का सचिव दामोदर भट्टराई ( बद्री ) पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

नेपाली कांग्रेसका विभिन्न जिम्मेवारीमा सक्रिय रहेका भट्टराई जिल्ला खेलकुद विकास समिती काठमाण्डौका पुर्व उपाध्यक्ष हुन्।

४.सुनीत चालिसे  

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं १२ इकाई समितीका सभापति सुनीत चालिसे पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

नेपाल रेडक्रस सोसाइटी सहित विभिन्न संघ संस्थामा सक्रिय रहेका चालिसेले आसन्न निर्वाचनमा वडा अध्यक्ष पदमा दावेदारी प्रस्तुत गर्ने चर्चा चलेको छ।

५. टंक सापकोटा   

नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ का नेता टंक सापकोटा पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

सापकोटा कपन जोर धारा खानेपानी संरक्षण संस्था लगायतका संघ संस्थामा लामो समय देखि सक्रिय रहदै आएका छन।

६. नवराज खनाल ( विक्रम ) 

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ का सदस्य नवराज खनाल पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं १२ को सदस्यमा पदमा ९४१ मत ल्याएका थापा सामाजसेवा र सहकारी क्षेत्रमा सक्रिय रहेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।