बुढानिलकण्ठ नगरपालिका वडा नं ११ अध्यक्ष : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ अध्यक्ष : को को छन नेपाली कांग्रेसका संभावित दावेदारहरु ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २ ।

बैशाख ३०  स्थानीय तहको निर्वाचन घोषणा संगै बुढानिलकण्ठ नगरपालिका वडा नं ११  को अध्यक्षमा  सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको  यस वडामा नेपाली कांग्रेसका तर्फ बाट विभिन्न नेताहरुले वडा अध्यक्ष पदका लागि आन्तरिक रुपमा तयारी थालेका छन।

शाखा र टोल  कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेपाली कांग्रेसका  तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।

१. राधेश्याम कार्की 

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं ११ इकाई समितीका सभापति राधेश्याम कार्की आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

राजनीति संगै विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेका कार्की लामोस मे देखि नेपाली कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेका थिए।

२.दिलिप खत्री  

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ प्रदेस क्षेत्र ( ख ) का सहसचिव दिलिप खत्री पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा १०३३ मत प्राप्त गरेर झिनो मतले वडा सदस्यमा पराजित भएका खत्री राजनीतिक ,सामाजिक तथा सहकारी क्षेत्रमा क्रियाशील रहेका छन।

३.शशी प्रसाद शर्मा

लामो समय देखि नेपाली कांग्रेसका विभिन्न जिम्मेवारीमा सक्रिय रहदै आएका नेता शशी प्रसाद शर्मा पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

कपन क्षेत्रमा यातायातको विकास र विस्तार र  कपन बंगलामुखी मन्दिर निर्माणमा पनि विशेष योगदान दिएका शर्मा विभिन्न सामाजिक संघ संस्थामा पनि सक्रिय रहेका छन।

४. राजेन्द्र अधिकारी “जुंगे” 

नेपाली कांग्रेस बुढानिलकण्ठ-११ का नेता राजेन्द्र अधिकारी “जुंगे” पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

वडा नं ११ मा नेपाली कांग्रेसको संगठन विस्तार र निर्माणमा महत्वपूर्ण योगदान दिएका अधिकारी व्यवसायिक क्षेत्रमा सक्रिय रहेका छन।

५. बुद्धराज गुरुङ 

नेपाली कांग्रेस बुढानिलकण्ठ-११ का नेता बुद्धराज गुरुङ पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा ८६४ मत प्राप्त गरेर वडा सदस्यमा पराजित भएका गुरुङ राजनीतिक तथा स्थानीय विकास निर्माणमा  क्रियाशील रहेका छन।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।