काठमाडौं जिल्ला पूर्व अध्यक्ष बिष्णु पराजुली द्धारा नेशनल प्याब्सनको सातौ महाधिवेशनमा केन्द्रीय सचिवमा उठ्ने घोषणा
कपन अनलाइन
काठमाडौँ फाल्गुन २०। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (National PABSON) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा एन प्याब्सन काठमाडौं जिल्ला पूर्व अध्यक्ष बिष्णु पराजुलीले उम्मेदवारी घोषणा गरेका छन । उनले वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि र सो सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्पसहित सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन ।
सहजतामा मात्र नभई संकटमा पनि साथ निजि बिध्यालय सदैव बालबालिका माझ भन्ने मूल नारालाई आत्मसाथ गर्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (National PABSON) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिन लागेका हुन प्रोग्रेसिभ स्कुलका प्रिन्सिपल समेत रहेका पराजुलीलेसंस्थागत विद्यालयका हकहितको रक्षा, समयानुकूल गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन । सो सङ्गठनको महाधिवेशन यही फागुन २२ र २३ गते बाँकेको नेपालञ्जमा हुँदैछ ।