शेर्पा समुदायले आज बिशेष रुपमा ग्याल्पो ल्होछार मनाउदै
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १९ । आज शेर्पा समुदायले विशेषरुपमा ग्याल्पो ल्होछार पर्व मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले यो पर्व मनाउँदै आएका छन् । उक्त समुदायले विविध साँस्कृतिक कार्यक्रम गरी ल्होछार मनाउँछन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होछार मनाउन थालेका हुन् । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ ।आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ ।ग्लाल्पो ल्होछारको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
तस्बिर :सामाजिक संजाल
तपाइँको प्रतिक्रिया ।