गोकर्णेश्वर नगरपालिका पशु बिकाश शाखाले सामुदायिक कुकुर बन्ध्याकरण शिविर संचालन गर्दै
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १७। गोकर्णेश्वर नगरपालिका पशु बिकाश शाखालेल सामुदायिक कुकुर बन्ध्याकरण शिविर सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ । उक्त सुचनामा नगरपालिका भित्रका बिभिन्न स्थानमा सामुदायिक कुकुरहरुको संख्या दिनानुदिन बृद्दी भईरहेको जसका कारण सडक दुर्घटना रेबिज रोगको जोखिम पशु बाट मानिसमा सर्ने जुनोटिक रोगहरुको प्रकोप शहर बजारको सौन्दर्यतामा कमि साथै बिध्यालय जाने र सडकमा हिड्ने साना बालबालिकाहरुमा सामुदायिक कुकुरहरु बाट हुन सक्ने दुर्घटना तथा जोखिम बढिरहेको हुँदा उक्त समस्याहरुको न्यूनीकरण गर्नका लागि नगरपालिकाले वडा नं १ देखि ९ सम्मका सबै सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्ने कार्यक्रम रहेको जानकारी गराएको छ ।
सुचना अनुसार २०७८ साल फाल्गुन १८ गते देखि २१ गते सम्म गोकर्णेश्वर नगरपालिका वडा नं १ नयाँपाटी बराहटार स्वास्थ्य चौकी भवनमा बिहान ८ बजे देखि ५ बजे सम्म शिविर संचालन गरिने उल्लेख गरिएको छ ।साथै वडा नं १ र २मा फाल्गुन १८ गते बुधबार कुकुर संकलन गरिने वडा नं ३,४र ५ मा फाल्गुन १९ गते बिहिबार त्यसै गरि वडा नं ६ र ७ मा फाल्गुन २० गते त्यस्तै वडा नं ८ र ९ मा फाल्गुन २१ गते शनिबार सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने भएको हुँदा आफ्नो वडा तथा टोलमा भएका सामुदायिक कुकुरहरु न्यूनीकरण गर्न र कुकुर संकलन गर्ने टोलीलाई बिशेष सहयोग गरि दिन समेत सबैलाई सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।