गोकर्णेश्वर महादेव मन्दिरमा महाशिवरात्री बिशेष कार्यक्रम गरिदै
कपन अनलाइन
काठमाडौँ,फाल्गुन १७ ।हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ ।शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।
महाशिवरात्रीको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले महाशिवरात्री बिशेष कार्यक्रम आयोजना गरेको छ। दिवाकालिन र रात्रीकालिन गरि दुइ खण्डमा विभाजन गरिएको उक्त कार्यक्रमको दिवाकालिन कार्यक्रम अन्तर्गत बिहान ७ बजे औपचारिक कार्यक्रम रहेको छ भने बिहान ८ बजे शिवतत्व विमर्श प्रवचन त्यसैआरी ९ बजे देखि १२ बजे सम्म सामुहिक रुद्राभिषेक त्यस्तै २ बजे पश्चात बिशेष संगीर्तन र प्रसाद बितरण कार्यक्रम रहेको छ।त्यसै गरि रात्रीकालिन कार्यक्रम अन्तर्गत सन्ध्याकालीन गंगा आरति चार प्रहर बिशेष पुजा र भक्तिनाम संकिर्तन रहेको जानकारी गराएको छ ।गोकर्णेश्वर नगरपालिका प्रायोजक रहेको उक्त कार्यक्रममा सह आयोजकको रुपमा विश्व हिन्दु महासंघ काठमाडौं जिल्ला समिति, गोकर्णेश्वर बागमती गंगा आरती समिति , गोकर्णेश्वर युवा उपकर क्लब र गोकर्ण युवा समूह रहेको छ ।